किसानसँग सरकारले गर्यो यस्तो बद्मासि, नगरपालिका घेराउ


इलाम । नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानहरुले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन् । उद्योगीहरुले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै चिया फिर्ता गरेपछि किसानहरु आन्दोलनमा उत्रिएर नगरपालिका घेराउ गरेका हुन् । उनीहरुले आज दिउँसोबाट नाराबाजी सहित नगरपालिका घेराउ गरेका हुन् । किसान र उद्योगीको सहमतिमा चिया खरीदबिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रति किलोग्राम ४० रुपैयाँ कायम गरेको थियो । उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।

 

उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेर आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा सञ्चालित विभिन्न निजी चिया कारखानाहरुले हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरूप नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडी, नयाँ चोक र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका थिए । उद्योगीहरुको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आबद्ध ५२ चिया कारखाना एकै पटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिहरुबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दीर्घकालीन रूपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।

उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानहरुले आन्दोलन थालेका हुन् । नगरपालिका घेराउसहित किसानहरूले तत्काल निर्णय सच्याउन र सजहरूपमा चिया खरीदबिक्री गर्ने वातावरण बनाउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले गत शनिबार भएको सहमतिमा किसानका प्रतिनिधि भन्दै नगरपालिकाले आफैँ प्रतिनिधि बोलाएर हस्ताक्षर गर्न लगाएको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उक्त सहमति आफूहरुको उपस्थितिमा नभएको भन्दै स्वीकार्न नसकिने बताउँदै आएका छन् । रासस

नमुना तस्बिर

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता