काठमाडौं । एउटा आमाको लागि उसको सन्तान भन्दा अरु के ठुलो हुन सक्छ ?

आमाको गालीमा पनि माया अनि आर्शिवाद लुकेको हुन्छ । समाज पछिल्लो समय यति स्वार्थी भएको छ कि त्यसको एक उदाहारण हालै बाहिर आएको छ । एक छोरीले आफ्नै आमाको ह*त्या गर्नको लागि १२ लाख दिएको खुल्न आएको छ । एउटी आमाको लागि आफुले जन्माएको सन्तान भन्दा प्यारो को नै हुन् सक्छ र ?

डाडापरी डुब्न लागेको घाम जस्तै जिन्दगीको अन्तिम पलमा आफ्नै सन्तानको काखमा प्राण त्याग्ने जो कोहि को अन्तिम इच्छा हो । सायद कुनै आमाले सोच्दैनन् होला होला आफ्नै सन्तानको आखाको तारो बनिएला भनेर ! तर भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईलाई यस्तै नियति भोग्नु पर्यो ।

पर पुरुष सँगको अनैतिक सम्बधका कारण आफुलाई जन्म दिने आमाको निर्मम ह*त्या गर्न लाखौ खर्च समेत गर्न आफ्नै छोरी तयार भइन । मंगलबार भएको सावित्रीको ह*त्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृ*तककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् । मृ*तककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनको ह*त्या गरिएको प्रहरीले जनाइको छ ।

आमालाई मा*र्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् । साबित्रीलाई बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई हतियारधारीले घाँटी रे*टी ह*त्या गरेर भागेका थिए । अहिले यो घटनाले हरेक आमाहरुको मनमा चिसो पसेको छ । मैले मेरो सन्तानलाई जन्माउनु भन्दा त गर्भमा नै ह*त्या गरिदिन्छु । भिडियो हेर्न यहाँ थिच्नुहोस्

 

सम्बन्धित खबरहरु