oil is blastएजेन्सी ।

अमेरिकी सेनाले हवाई आक्रमणमा सिरियास्थित इस्लामिक अतिवादी समूह आईएसका इन्धन बोकेका २३८ वटा ट्यांकर नष्ट गरेको दावी गरेको छ ।

सिरियाको पूर्वी क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्र नजिक इन्धन भर्न लामबद्ध २३८ वटा ट्यांकर अमेरिकी हवाई आक्रमणमा नष्ट भएका हुन् । आक्रमण अघि ट्यांकर चालकलाई भाग्न सचेत तुल्याइएको थियो ।

तेल उत्पादन आइएसको मुख्य आर्थिक श्रोत मानिन्छ । अमेरिकाले पछिल्लो समय आइएसको कब्जामा रहेका तेल प्रशोधन केन्द्रलाई निशाना बनाउँदै आएको छ ।

गत सातामात्रै अमेरिकी हमलामा आईएसका ११६ वटा ट्यांकर नष्ट भएका थिए । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गत वर्षदेखि सिरिया र इराकमा आइएसविरुद्ध हवाई आक्रमण जारी राखेको छ । पेरिस आक्रमण पछि आइएस विरुद्धको आक्रमणलाई थप प्रभावकारी बनाइएको बीबीसीले जनाएको छ ।

सम्बन्धित खबरहरु