काठमाडौं । केही महिनादेखि विवादमा पर्दै आइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण थप संकटमा परेको छ । भरतपुर महनागरपालिकामा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला अहिले थप विवादमा पर्न गएको छ । गत जेठ १५ गते रंगशालामा लगाइएको बार भत्काइएको विषय चर्चामा रह्यो । उक्त बार भत्काउने कुरामा मुख्य योजनाकार मानिएका प्रकाश कंडेल पक्राउ परेर रिहा भएको पनि धेरै भएको छ । मुख्य दोषी मानिएको प्रकाश कंडेललाइ प्रहरीले पक्राउ गरेपछि दुईथरी व्यक्तिहरु देखिएका थिए । केही व्यक्तिहरुले नकारात्मक टिका टिप्पणीहरु गर्दै गर्दा कंडेल जेल बाट रिहा हुनु लगत्तै पत्रकार सम्मेलन गरि आफुले गल्ति गरेको स्वीकारेका थिए ।

दोषी मानिएको कंडेलले आफ्नो व्यक्तिगत योजनाले उक्त बार भत्काएको नभई समाजका लागि भत्काएको बताएका थिए । उनले अब आफुले भत्काएको बार निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने पनि स्पष्ट पारेका थिए । उनी सत्तापक्ष दल नेपाल कम्युष्टि पार्टी (नेकपा) स्थानीय नेता थिए । बार प्रकरणपछि पार्टीले उनलाई साधारण सदस्य समेत्त नरहने गरी बर्खास्त गरिएको बताएको थियो । उनले विगतमा भरतपुर महानगर मेयर रेणु दाहाललाई सहयोग गरेको धेरैको बुझाई रहेको छ ।

जेल पर्दा पनि उनै दाहालले छुटाउने कुरामा महत्वुर्ण भुमिका खेलेकी थिईन् । आइतबार एक विज्ञप्ति निकाल्दै कंडेलले स्थानीय जनताको सरोकारलाई बेवास्ता र न्यायोचित आवाजको दमनबाट सो घटना हुन गएको बताउँदै जनताको समस्यालाई सम्बोधन हुनुपर्छ भनेर आवाज बुलन्द गर्दा कारबाही गर्नु अन्यापपूर्ण भएको बताएका छन् । अन्याय पुर्ण कारबाही फिर्ता लिनुपर्ने उनले माग गरेका छन् । रंगशालाको बार भत्काएपछि नेपाल कम्युनिष्ट पार्टी चितनव र अनेरास्ववियूले कंडेल र स्थानीय नेता भैरव बस्ताकोटीलाई पार्टीबाट निलम्बन गरेको थियो ।

सम्बन्धित खबरहरु