काठमाडौ । काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजन कुमार थापा छन् । उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीद्वारा हस्ताक्षरित लक्ष्मी अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारण भएकोले क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज बरामद गरिएको हो ।

यस्तै १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २ सय १० रुपैयाँ समेत बरामद भएको छ । सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका दम्पती काभ्रमै बस्दै आएको प्रहरीले जनाएको छ । यो किन र के का लागे गरे भन्ने खुल्न आएको छैन ।

सम्बन्धित खबरहरु