काठमाडौ । काठमाडौँका असिम सापकोटाले यसबर्ष एसईई परीक्षामा ३.८५ जीपीए ल्याए । उनी हाल कानुन बिषय अध्ययनको लागि काठमाडौँमै राम्रो कलेज खोज्दै हिडिरहेका छन् । उनलाई नेपालको कानुन क्षेत्रको बारेमा अध्ययन गर्ने र पछि गएर यहि क्षेत्रमा भविष्य बनाउने रहर भएकोले कानुन बिषयनै पढ्ने सोच बनाइरहेका छन् ।

नेपालमा प्लस टु तहमा कानुन बिषय आएको जम्मा एक वर्ष भयो । अघिल्लो वर्ष निकै कम बिद्यालयले यो संकायमा अध्यापन सुरु गरेपनि यस वर्ष भने धेरै बिद्यालयमा कानुनको पढाई सुरु हुने भएको छ । राजधानीका युनिग्लोव, नाइटिन्गेल लगायत थुप्रै नाम चलेका बिद्यालयले यस बर्ष देखि कानुन संकाय सुरु गरेका छन् ।

त्यसैगरि राजधानीकै एक बिद्यालयले यसै बर्षदेखि कानुन संकायमा अध्यापन सुरु गरेको छ । बानेश्वरमा रहेको नेपाल विद्यापीठले यस बर्ष कानुन संकायमा मात्रै आठ सय बिद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ । सर्वोच्च अदालतका पुर्व न्यायाधिस, बार एसोसियसनका पदाधिकारी लगायत कानुन क्षेत्रका विज्ञहरुले संचालन गरेको यस कलेजमा हाल कानुन संकायमा भर्ना हुन विद्यार्थीको घुइचो लागेको छ । ‘तल्लो तहबाटै कानून बिषय पढ्दा भविष्यमा अधिवक्ता वा न्यायाधीश हुने वा कानूनी क्षेत्रमा काम गर्ने व्यक्तिहरुको विज्ञतामा निखार आउने मान्यताका साथ ‘प्लस–टु’मै कानून पढाउन थालिएको हो ’, सर्वोच्च अदालतका पुर्व न्याधिस तथा कलेज सञ्चालक पवनकुमार ओझा बताए ।

कानुन संकायमा कक्षा ११ र १२ मा बार्षिक ५०० पूर्णाङ्कको पढाइ हुनेछ। ‘प्लस–टु’ पास गरिसकेपछि विद्यार्थीले सिधै स्नातक तहमा कानून विषय अध्ययन गर्न पाउने छन् । देश संघीय संरचनामा गएसंगै आउने विभिन्न कानुनी झमेलाका कारण अब कानुन व्यवसायीको माग धेरै हुने तथा आफ्नो हक, दायित्व तथा कानुनको बारेमा जानकारी पाइने हुदाँ बिद्यार्थीको यस बिषयमा रुचि बढेको हो ।

 

सम्बन्धित खबरहरु