काठमाडौं । ब्लड क्यान्सर पीडित धनुषास्थित जनकपुर उपमहानगरपालिका–१ कि ३५ वर्षीया पिंकी कुमारी साहको आर्थिक अभावका कारण उपचारमा गर्न समस्या परेको उनका परिवारले जनाएका छन् । गएको वैशाख ३१ गते छोरीलाई जन्म दिएकी उनको काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचार भइरहेको छ ।
चार महिनादेखि सिभिल अस्पतालमा उपचाररत पिंकीको अझै १० महिना उपचार गर्नुपर्ने चिकित्सकले बताएका पिंकीका श्रीमान् रोशन कुमार साहले ओएसनेपाललाई जानकारी दिए ।
गएको फागुन ३१ गते सिभिलमा भर्ना भएकी उनलाई ब्लड क्यान्सर (एपीएमएल) भएको हो । जसको उपचार गर्न लाखौं रुपैयाँ लाग्ने रोशनले जानकारी दिए । उनकाअनुसार पिंकीको उपचारमा हालसम्म २२ लाख भन्दामाथि सकिएको र अझै १५–२० लाख रुपैयाँ लाग्ने छ । तर, यत्रो रकम जुटाउन नसक्ने भएपछि साह परिवार तनावमा परेका छन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- आँप खानेबित्तिकै यी खाने कुरा भुलेरपनि नखानुहोस् : डाक्टर भन्छन् विष समान हुन्छ
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
हालसम्म जसोतसो ऋण धन गरेर उपचार गरेको जानकारी दिएका रोशनले अहिले पैसा नभएको र उपचार गर्न कठिन रहेको बताए । गहभरी आँशु पार्दै रोशनले श्रीमतीको उपचार गर्न ऋण समेत नपाएको दुखेसो पोखे ।
डेढ महिनाकी छोरी घरमा पठाएर कहिले अस्पताल त कहिले भाडामा लिएको कोठामा बस्दै उपचार गर्दै आएकी पिंकीलाई आफ्नो रोगको भन्दा पनि छोरीको चिन्ताले सताइरहेको पति रोशनले जानकारी दिए । दुधे छोरीलाई आफ्नो काखबाट टाढा राख्नु पर्दाको पीडा शब्दमा वर्णन गर्न नसकिने पिंकीले आफ्नो पीडा सुनाइन् ।
‘बाँचेर छोरी हुर्काउने इच्छा भए पनि उपचार गर्न पैसा अभावले के हुने हो यसै भन्न सकिएन’, उनले भनिन्, ‘कसैले आर्थिक सहयोग गरे मेरी छोरीले आमाको काख पाउने थिइन्।’ पैसाको जोहोका लागि धेरैसँग हात थाप्दा पनि नपाएपछि निराश बनेका पिंकीका श्रीमान रोशनले पनि श्रीमतीको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!