काठमाडौ । अंग्रेजीमा राम्रो दख्खल भएका एक शिक्षित युवा आजभोली सडक पेटीहरुमा सुतिरहेका हुन्छन् । एचआइभी संक्रमित सन्जु बाबाको दैनिकी हो । उनी आफुलाई एचआइभी भएकोमा गर्व गर्छन् उनको असल नाम सन्जीव क्षेत्री हो तर उनलाई धेरैले सन्जु बाबा नै भन्छन् । सामान्यतया मानिसहरु आफु एचआइभी संक्रमित भएको थाहाँ पाउना साथ समाजको लाज र डरले खुल्न सकदैनन् । अरुले थाँहा पाउछन् कि भनेर औषधी उपचार पनि गर्दैनन् । तर मिडीया मै आएर आफु एचआइभी संक्रमीत हु, भन्दै घमण्ड गर्छन् सन्जु क्षेत्री ।

ग्यालेक्सी स्कूलमा शिक्षकको रुपमा काम गरेका सन्जु आफु गलत संगतमा लागेर लागू औषधको सिकार भएको बताउछन् । स्कूल पढाउदादेखि नै कुलतमा लागेका सन्जुको हत्केला भरीका नशाहरुमा सूई लगाएको दागै दाग छन् । उनले १९९२ मा दार्जिलिङबाट अंग्रेजी विषयमा स्नातक तहको शिक्षा पूरा गरेका छन् । तर विगत १९ वर्षदेखि सन्जुले एचआइभी संक्रमीत भएर काठमाडौंमा जसोतसो आफ्नो जिविकोपार्जन चलाउदै आएका छन् ।

पढाईमा अब्बल रहेका उनलाई एचआइभी संक्रमीत भएकै कारण परिवार र समाजले घृणा गर्दै आएका छन् । सन्जु भन्छन्, ‘हामीलाई अपहेलना नगरी एक मौका दिए आफुले परिवार, समाज र देशको लागि केही गर्ने अठोट लिन्छन् ।’ एचआइभी संक्रमीत भए पनि सामान्य मानिस सरह बाच्न पाउनु पर्छ भन्दै शिक्षकदेखि एचआइभी संक्रमीत हुँदासम्मको यात्रा बारे उनले वृतान्त सुनाए जुन सबैको आँखा रसाउने खालको छ ।

उनको परिवारमा बा आमा हुनुहुन्न दिदीको काठमाडौंमा घर छ तर उनी जाँदैनन् । उनले नेपाल आउँदा दिदीको घरमा नै बसेर अध्ययन गर्थे साथै अध्यापन गराउँथे । उनले दुई वटा विवाह गरेका छन् । एउटा श्रीमतीबाट ३ छोरी अनी अर्कोबाट एक छोरा भएको उनि बताउँछन् । उनी कोठामा नगएको पनि धेरै भएको छ । हप्ता दिनसम्म भोकै बस्नुपर्छ अनी उता अस्पतालमा छोरी बिरामी भएर सुतिरहेकी छिन् । अहिले सडकमै बित्छ उनको दिनरात । उनलाई सुध्रिने मन छ । राम्रो वातावरण र सहयोगको खोजिमा छन् त्यसैले सके तपाई सहयोग गर्नुहोस् नभए सहयोगी मनसम्म पुग्ने गरी सेयर गर्नुहोला् । तर घृणा नगर्नुहोस् ।

सम्बन्धित खबरहरु