काठमाडौं । अहिले विश्वमा आफ्नो व्यापारिक छवी बनाउँन सफल चिनियाँ कम्पनी हुवावेले नेपालमा पनि आफ्नो बजार बढाएको छ । नेपालमा मोबाइल देखि लिएर अन्य धेरै प्राविधिक कुराहरु हुवावे बेच्दै आइरहेको छ । भारतमा पनि यसको मुख्य बजार रहेको छ ।यो बीचमा चौधरी ग्रुपले फोरजी सेवा संचालनका लागि हुवावेसँग सहमति गरेको खुल्न आएको छ । चौधरी ग्रुपले हुवावेसँग फोरजी सेवा संचालन गर्न एक सय मिलियन अमेरिकी डलर बराबर रकममा सम्झौता कुरा सार्वजनिक भएको हो । अमेरिका र हुवावेबीच लामो समय देखि चर्किरहेको द्वन्द्व जी–२० सम्मेलन पश्चात केही कम भएको आंकलन गर्न थालिएको छ । चौधरी ग्रुपले चिनियाँ कम्पनीसँग मिलेर नेपालमा ११ अर्ब लगानी गर्न लागेको विषयले विश्वको ध्यान खिचेको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले यो सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै नेपालभर फोरजी सेवा सजिलै उपलव्ध हुने दावी गर्नुभएको छ । चौधरीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टेलिग्राफसँग कुराकानी गर्दै भारतको मोबाइल क्षेत्रमा रिलायन्स कम्पनीले पकड जमाएजस्तै नेपालको मोबाइल बजारमा फोरजी सेवामार्फत हलचल नै ल्याउने बताएका छन् । चौधरीले भने, ‘हामीले नेपालमा दुई सय ५० मिलियन डलर (२७ अर्व भन्दा बढी नेपाली)खर्च गर्ने लक्ष्य राखेका छौ । हामी फ्रि भ्वाइस सर्भिस पनि दिनेछौं र विशेष गरेर डाटा, अनलाइन पेमेन्ट र अन्य सुविधामा विशेष ध्यान केन्द्रित गर्नेछौं ।’

फोरजी सेवा सञ्चालनका लागि हुवावेले एक सय मिलियन अमेरिकी डलर बराबरका सामाग्री सप्लाई गर्ने बताइएको छ । यसलाई पछि फाइभजीमा समेत अपग्रेड गर्न सकिने अधिकारीहले जानकारी दिएका छन् । सीजीले पहिले नै नेपालमा ग्रामीण भेगमा लिमिटेड टेलिकम्युनिकेसन सञ्चालन गर्दै आएको छ । चौधरीले अबको चार वर्षभित्र नेपालको टेलिकम बजारमा एक तिहाइ हिस्सा लिने दाबी समेत गरेका छन् । नेपालको दूरसञ्चार क्षेत्रमा ५१ प्रतिशतको बजार सेयर लिएर हाल नेपाल टेलिकम अग्रस्थानमा छ । त्यसपछि एनसेल र स्मार्ट सेल रहेका छन् । चौधरीको यो सोचले अहिले सञ्चालनमा रहेका दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ठुलो धक्का पुग्ने देखिएको छ ।

सम्बन्धित खबरहरु