काठमाडौं । सबैले विरोध गर्न थालेपछि इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा आयोजना नहुने भएको छ । चौतर्फी विरोध भएपछि नेपाल सरकारले आइफा अवार्ड नेपालमा नगर्ने पर्यटन बोर्डले जनाएको हो । सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । यो अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने बताइएको थियो । सरकार नै आयोजक भएको भन्दै आइफाको आलोचना भएपछि आइफा नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको हो । झडै ६ सय बराबरको संख्यामा बलिउड कलाकारको उपस्थितमा हुन लागेको कार्यक्रम रद्ध भएपछि नेपालको पर्यटन क्ष्नेत्रमा केही असर पर्न सक्ने जनाइएको छ ।

सम्बन्धित खबरहरु