काठमाडौं । समयसमयमा राजनीतिक सैठगन फेर्दै आएका दिपक मनाङे अहिले सत्तारुढ दल नेकपामा आइपुगेका छन् । मनाङबाट निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् । उनले अहिलेसम्म तेस्रो पटक नेकपा प्रवेश गरेका हुन् । मनाङका जिल्ला सभापति र लमजुङका नेताहरु, अर्को पटक काठमाडौं जिल्ला अध्यक्षबाट र अहिले गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट टिका खादा लगाएर नेकपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘हाम्रो ४५ हजार तलब छ यसले त चिया खान पनि पुग्दैन, धेरै समय जिल्ला र कार्यकर्तालाई दिनुपर्यो । त्यसैले बिजनेससँगै समाजसेवा नै गर्ने हो ।’ नेपाली कांग्रेस लथालिङ्ग भएको र कांग्रेसको भातृ संगठन तरुण दल समेत त्यसैको सिकार बनेपछि कांग्रेसमा धेरै जस्तो नेताहरु चिन्तामा देखिएको उनले बताए । नेकपा भन्ने नाम नै गज्जबको भएको भन्दै आफूले पार्टी प्रवेश गरेको उनको तर्क छ । स्वतन्त्र उम्मेदवार भएपछि बजेट लगायत अन्य कुरामा समेत समस्या परेको स्मरण गर्दै उनले सांसदको तलबबाट चिया खान समेत नपुगेको दावी गरेका छन् । सांसद बनेपछि व्यवसायमा ध्यान दिन नसकिएको र सांसदलाई आउने ४५ हजार कार्यकर्तालाई समत दिनु पर्ने भएकाले समेत समस्या भएको उनको तर्क छ ।

सम्बन्धित खबरहरु