काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई बद्नाम गर्न खोजिएको आरोप लगाउनु भएको छ । सरकारको अपरिपक्वताका कारण विवादित बनाईएको भनिएको आईफा अवार्डबारे प्रधानमन्त्रीले बोल्नु भएको हो । भारतको फिल्म उद्योगमा निकै प्रतिष्ठित मानिएको यो अवार्ड आयोजना गर्न विभिन्न शक्ति राष्टहरु नै हानाथाप गर्ने गर्छन् । तर, नेपालमा भारतले सद्भाव देखाएर अवार्ड आयोजना गर्न खोज्दा पनि नेपालमा भने चर्को विरोध भइरहेको छ ।

जसकार कारण सुरुवातमै यो अवार्ड आयोजनालाई लिएर पक्ष तथा विपक्षमा आवाजहरु उठ्न थालेका छन् । भारतीय फिल्मको प्रचारको लागि नेपाल सरकारले एक अर्ब लगानी गर्न खोज्यो र जनताको करलाई दुरुपयोग गर्न लाग्यो भनेर आवाज उठाएपछि संघीय संसदको समितिले पनि तत्काल उक्त अवार्ड नगर्न निर्देशन दिएको छ । त्यसको भोलिपल्टै नेपाल पर्यटन बोर्डका सिईओ दिपकराज जोशीले यो वर्ष नेपालमा आईफा अवार्ड हुने भनेर छापामार शैलीमा संकेत प्रदान गर्नुभएको छ । विवाद धेरै भएपछि प्रधानमन्त्री ओलीले उक्त अवार्ड नेपालमा गराएरै छोड्ने अठोट लिनु भएको छ ।

यसका पक्षमा ओलीमात्रै नभएर, नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णयबाट सरकार पछि नहटेको स्पष्ट पानुएभएको छ । विराटनगरएका एक कार्यक्रममा भाग लिन पुगेका बेला मन्त्री ढकालले आइफा अवार्ड गर्ने निर्णयबाट सरकार पछि हटेको भन्ने कुरा सत्य नभएको स्पष्ट पारे । लगानीभन्दा पृथक ढंगले कार्यक्रम आयोजना गर्ने ‘मोडालिटी’ सरकारको रहेको भन्दै ठूलो पार्टीभित्रबाट केही असन्तुष्टि आउनु स्वाभाविक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै विनाकारण सरकारलाई विवादमा तान्न खोजिएको आरोप लगाउनु भएको हो । उहाँले आइफामा सरकारले आर्थिक सहयोग गर्न लागेको लगायत कुराहरु राखेर भ्रम सृजना गर्न खोजिएको बताउनु भएको हो ।

सम्बन्धित खबरहरु