काठमाडौं । यात्रुलाई छोडेर फिर्ता आउँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । प्युठानको बड्डाँडा नजिक टाटा सुमो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । पाण्डेश्वरी यातायातको रा १ ज ६५८ नम्वरको सुमो सरुमारानी गाउँपालिका ४ बड्डाँडा नजिकै आज दुर्घटनामा परेको हो । दुर्घटनामा प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी ३३ वर्षीय चालक चन्द्रबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।सामुदायिक वनको भवन नजिकै पुलखोलाको सडकबाट दुई सय मिटर तल खोचमा जीप खसेको अस्थायी प्रहरी पोष्ट बड्डाँडाका इन्चार्ज केमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । दाङबाट रोल्पाको लिवाङ ९ जना यात्रु छोडेर फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारीमा खुलेको छ । लिवाङ जाने यात्रुहरुसँग चालकले यात्रुहरुसँग गाडि बिग्रेको बताएका थिए । प्रहरीले दुर्घटनामा आवश्यक थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

[caption id="" align="aligncenter" width="1152"] फाइल तस्बिर[/caption]

सम्बन्धित खबरहरु