ज्ञानेन्द्र शाही जी, एउटा युट्युव अन्तरवार्तामा स्वागत नेपाललाई पनि भनेजस्तो गरेर स्वागत नेपालको नाम चाहिँ नलिई आफ्नो चरित्र हत्या गर्न लागीपरेको तपाईले भन्नु भएको रहेछ । स्वागत नेपालले एउटा मात्र भिडियो पनि ज्ञानेन्द्र शाहीलाई गाली गरेर कहीँ कतै बोलेको भए देखाइदिनुस् । युट्युवमा सर्च गरेर देखाउनुस् स्वागत नेपालले तपाईँको बारेमा राम्रो बाहेक केही बोलेको छैन, तपाइँलाई अरुले प्रयोग गरे, तपाइँ सही मान्छे भए पनि भन्ने चाहिँ स्वागत नेपालले बोलेको छ । स्वागत नेपालले अहिलेसम्मका सबै भिडियोमा ज्ञानेन्द्र शाहीको इमानदारीतामा मेरो सन्देह छैन भनेको छ । सबै भिडियोमा उसले ज्ञानेन्द्र शाही भ्रष्टाचारको बारेमा सोचिरहेको छ तर उसलाई राजा फर्काउन चाहनेहरुले प्रयोग गरे जो ज्ञानेन्द्र शाहीलाई नै थाहा नहुन सक्छ पो भनेको छ त । तर ज्ञानेन्द्र शाही चाहिँ कति नेगेटिभ हुन सकेको । स्वागत नेपालले के चरित्र हत्या गर्यो ?

स्वागत दाइ तपाई काम गर्नुस् भन्नु भएको रहेछ । आफू ढिलो जन्मिने अनि स्वागत नेपालले गरेको काम थाहा नपाएर काम गरेर देखाउनु भन्नुमा तपाईँको केही दोष छैन, दोष समयको होला तपाईलाई थाहा नहनुमा । तपाईँले हिम्मत छ एनसेलको मुद्दा जितेर देखाउन ? भनेर प्रश्न गर्नुभएको रहेछ । पार्टीहरुले गुण्डा फटाहा बलात्कारीलाई चुनावमा उम्मेदवार बनाउँदा उम्मेद्वार बहिष्कार गर्न पाउने अधिकार कसले दिलाएको हो नेपाली जनतालाई थाहा छ तपाईलाई ? त्यो पहिलो संविधान सभाको निर्वाचनपूर्व देखिको अभ्यास थियो स्वागत नेपाल, भाइराजा राई, विकास लकाइहरुको के थाहा तपाईँलाई ? त्यस्तो हिम्मत छ तपाईँसँग ? त्यस्तै कुरा गर्ने हो भने ? एउटै मान्छेलाई दुई वटा निर्वाचन क्षेत्रबाट चुनाव उठ्न दिनुहुन्न भनेर अभियान चलाउने को हो पहिलो पटक नेपालमा थाहा छ ? तपाईँ त्यो बेला विदेशीहरुसँग नेपाल विरुद्ध षडयन्त्र गरेर फोटो खिचाउँदै हुनुहुन्थ्यो ।

स्वागत नेपाल अहिले ४७ वर्ष पुग्न लाग्यो भन्ने थाहा छ मलाई । हेर्नुुस् स्वागत नेपालले काम गरिरहेको बेला त्यो गर्न हिम्मत थियो ? उसले ल्याएको नीति अहिले नेपालका अरु अरु पार्टीका विधानमै नयाँ सिद्धान्तको रुपमा लेखिएका छन् जो यो शताब्दीको नवीनतम लोकतान्त्रिक अभ्यास हो । तर ऊ कुनै पार्टीमा छैन । त्यो हिम्मत छ तपाईसँग र स्वागत नेपाललाई काम गर्नु भनेर देखाउनु भन्ने ? आफू ढिलो जन्मिने अनि स्वागत नेपालले गरेका काम के के हुन् रे ! नेपालमा देशभर बलात्कार पीडित चेलीहरुको निःशुल्क मुद्दा लड्दै हिँड्ने को हो थाहा छ ? देशभर पत्रकारले बोलेको र लेखेकै कारणले जनताका आवाज उठाउनेहरुलाई झुठो मुद्दा लगाउँदा निःशुल्क मुद्दा लड्ने को हो थाहा छ ? आफ्नै बोसहरु नेताहरुले गर्भवती बनाइदिएपछि गर्भपतन गराउने समेत पैसा नभएर अस्पतलाको बेडमै आमाले जन्माएर छोडी भागेका अबोध बालबालिको बाबु पत्ता लगाएर सम्पत्तिको अधिकार दिलाउने को हो थाहा छ ?

यो सबै फेरि कुनै एनजिओ आइएनजिओबाट होइन नि आफ्नै समूहबाट व्यक्तिगत प्रयासबाट हो । तपाईहरुले जनताको सेवा के गर्नु भएको छ ? आफ्नै हजुरबुबा र बुबाले ९ वर्षको उमेरदेखि बलात्कार गरेका छोरीहरु, बलात्कारपछि हत्या भएर डेढवर्ष लास समेत नउठेका अमृता नेपालीहरु लगायतका मुद्दा जिल्लादेखि सर्वोच्चसम्म वर्षौँसम्म निःशुल्क लडेर न्याय दिलाउने को हो थाहा छ ? के थाहा छ तपाईँलाई स्वागत नेपालको बारेमा तर्पाइ त नेगेटिभ मात्र खोज्दै हिँड्नु भएको छ । के तपाईले एकजना जनतालाई राहत दिने के काम गर्नु भएको छ ? युट्युवमा हेर्नुस् भाषण मात्रै नगर्नुस् । बालुवाटारको मात्र होइन अरु पनि सरकारी जग्गा व्यक्तिका नाममा राखेको आफ्नै अभियानको संयन्त्रमार्फत पत्ता लगाएर झण्डै डेढ वर्षअघि स्वागत नेपालहरुले रत्नपार्कमा उभिएर विरोध गरेको भिडियो नै छ । त्यतिबेला तपाईँहरुको हिम्मत थियो त्यो काम गर्ने ?

मिडियाले पनि झण्डै डेढवर्ष पछि मात्र थाहा पाए स्वागत नेपालहरुले त्यो विषयमा अभियान चलाउँदा, अभियान सडकमा गफ दिएर होइन रिस्क मोलेर मुद्दा हालेर । त्यो अभियानकै क्रममा युवराज शर्मा कोइरालाहरु मुद्दा लिएर अदालतै पुगे । सरकारी जग्गा व्यत्तिका नाममा राखेकोमा मुद्दा हाल्दा उल्टो अभियानका युवराजजीहरु लगायतलाई सरकारले नै उल्टो झुठो मुद्दा लगाएर पक्राउ गर्यो त्यो हिम्मत छ तपाईहरुसँग ? हिम्मतको कुरा गर्ने मासिक पैसा लिएर अरुले दिएका कागज पढ्दै मान्छे बटुलेर सडक सडकमा कराउँदै हिँडेर मात्र कसरी हुन्छ ? स्वागत नेपालहरुले काम गरेका छन् । नेपालको मौद्रिक नीतिमा नेपालका सबै बैंकहरुले आफ्नो पूजीको २५ प्रतिशत भारतीय मुद्रा नै नेपाल ल्याउन पाउने व्यवस्था गर्दा त्यो विरुद्ध लड्ने के हिम्मत थियो तपाईहरुसँग ? त्यो स्वागत नेपाललहरुले गर्यो त । तपाईहरु त सि के राउत इण्डियाको दालाली गर्नुहुन्छ अनि कसरी लड्नुहुन्छ त्यस्ता मुद्दा ?

तर, स्वागत नेपालहरुले त गरे त । नेपालको नेपाली भाषा अन्त्य गर्न शब्दकोश नै परिवर्तन गरेर संयुक्ताक्षरहरु हटाएर शब्दकोशबाट हाम्रो ॐ पनि हटाउँदा त्यसविरुद्ध मुद्दा लड्दै त्यो हाम्रो भाषाघाती संस्कृतिघाती शब्दकोश प्रज्ञा प्रतिष्ठानलाई खारेज गर्न बाध्य पार्ने स्वागत नेपालहरुको कामको बारेमा के थाहा छ तपाईलाई ? हिम्मत छ यस्तो काम गर्ने तपाई र तपाईका नेताहरुलाई नेपाली भाषा संस्कृति सकेर विदेशीको पृथकतावादीहरुको पक्षमा बहस गर्नेहरुलाई यस्ता विषयमा के जान्छ ध्यान ? नेपालको सबै गाडीहरुमा इम्बोस्ड नम्बर प्लेट हालेर चिप्स बनाउने ठाउँ इण्डियाबाटै नेपालका सूचना सबै विदेशीलाई बेच्ने षडयन्त्रविरुद्ध कुन अभियान चलाएर रामेश्वर मातृदास लगायतले अभियानकै रुपमा भारतको त्यो षडयन्त्र विरुद्ध उभिएर रोकेर त्यत्रो ठूलो काम गरेको थाहा छ तपाईलाई ? काम गरेर देखाउनुस् रे ? तपाईलाई मासिक पैसा दिँदा मात्र काम गरेको हुन्छ ?

के काम गर्नु भएको छ तपाईहरुले ? टनकपुर महाकाली भन्नेहरुले यो स्वागत नेपालहरुले गरेका काम गरेका छन् ? थाहा नभएका कुनै काम कसैले गरेन, उसले के गर्यो भनेर केटाकेटी प्रश्न गरेर यी सबै जानकारी पाएपछि आफैँ लज्जित बन्नुपर्छ । तर मुख्य कुरा यति त स्वतन्त्र राष्ट्रिय अभियान वा स्वागत नेपाल नेपाली युनिकोडमा नेपालीमा टाइप गरेर सर्च गर्दा नै थाहा हुन्छ तपाईँको अभियान शुरु हुनुभन्दा कति वर्ष अघिदेखि नै शुरु भएको हो भनेर । तपाईले स्वागत नेपालले अस्पतालमा भेटेर बाहिर निस्किएर उल्टो कुरा गरेको भन्नु भएको रहेछ । तपाईँकै नेताहरुसँगसँगै उभिएर एउटै कार्यक्रममा बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीहरुसँग के एन बस्याल अनसन बसिरहेको ठाउँमा स्वागत नेपालले उभिएर के एन बस्याल र ज्ञानेन्द्र शाहीहरु इमानदारी पूर्वक भ्रष्टाचारविरुद्ध उभिनु भएको छ, मेरो ऐक्यबद्धता तर उहाँहरुलाई राजा फर्काउन चाहनेहरुले प्रयोग गरिरहेका छन् भनेर बोल्नु भएको हो । त्यो अन्तरवार्ता लिने पत्रकार प्रदीप धामी हुनुहुन्छ ।

उहाँले नै बनाएको त्यही एउटा चाहिँ भिडिओमा बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी समेत सँगै बोल्नु भएको छ । सँगै बोलेका दुई वटा भिडिओ छन् । पहिला पोष्ट भएको भिडियो तपाईँलाई भेट्न अस्पताल जानुभन्दा पहिला बोलेको र पहिला पोष्ट भएको हो । त्यो लाइभ थियो । हेर्नुस् राम्रोसँग युट्युवले ढाँट्दैन नि । त्यसमा सोझै अगाडि नै उभिएर अभियानमा असल व्यक्तिलाई झुक्यानमा पारी गलत व्यक्तिले प्रयोग गरे भनिएको छ । तपाईसँग अस्पतालमा भेटेर बाहिर आएर बोलेको होइन स्वागत नेपालले । म पनि सँगै छु । स्वागत नेपाल कसैको बारेमा उसकै अगाडि जे बोल्न सक्छ त्यहि कुरा मात्र उसको अनुपस्थितिमा पनि सोझै बोल्न सक्ने मान्छेको रुपमा मैले चिनेको छु । त्यसैले बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीकै अगाडि उसले अघि भनेको मध्ये एउटा भिडियोमा उहाँहरुले राजा फर्काउने अभियानमा असल मान्छेको भावनालाई दुरुपयोग गरी तपाईहरुलाई प्रयोग गर्नु भयो भनेर बोलेको छ ।

के को दहीच्युरे कुरा र त्यसरी सोझै अगाडि नै बोल्ने मान्छे तपाईँसँग एउटा र अरुसँग अर्को कुरा गर्दैन ऊ । यु ट्युव हेर्दा तपाईँले भनेको झुठा सावित भएको छ । किनकि उसले तपाईँसँग बोलेर बाहिर अर्को कुरा बोलेको होइन । तपाईकै कुरा बाट पनि स्वागत नेपालले तपाइप्रति उसले सहृदयता देखाएको आफैँ भन्नु भएको छ । उसले तपाईको भावना ठीक छ तर तपाईलाई प्रयोग गरिँदैछ भनेको छ । एउटा भिडियो स्वागत नेपाललाई हामीले नेतृत्व गर्छौ भनेको नै थियौँ भनेर सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले भनेकोमा तपाईँ पनि छेउमा बसेर सुन्नु भएको यु ट्युवमा छ । त्यहाँ तपाईले पनि पत्रकारले पनि स्वागत नेपाललाई तपाई नेतृत्व गर्नुस् भन्दा मान्नु भएनछ नमान्नुकोे कारण के थियो भनेर कसैले सोध्यो ? उहाँहरुले पनि किन स्वागत नेपालले म नेतृत्वमा त के समर्थक पनि हुन सक्तिनँ भन्यो भन्ने बताउनुभयो ? बताउनु भएन ।

तपाईँसँग त्यति प्रश्न गर्ने कमन सेन्स आएन । कुरा के थियो भने स्वागत नेपाललाई अध्यक्ष वा संयोजक बस्नुस् भनेर डा राजेश अहिराज स्वयम्ले प्रस्ताव गर्नु भएको हो । उहाँसँग सोध्नुहोला । स्वागत नेपाल त्यो बेला नै कयौँ लामो समय अघि भनेको बालुवाटार लगायतका प्रकरणमा सरकारसँग अदालत नै पुगेर वर्षौँदेखि नीतिगत र अन्य भ्रष्टाचार तथा कुप्रथाविरुद्ध लडिरहेको थियो । त्यसरी लडिरहेको व्यक्तिलाई बोलाएर नेपालका लागि नेपाली गठन गर्न पटक पटकका बैठकहरु भइरहेका थिए । त्यही क्रममा निमन्त्रणा स्वीकार गरी आफ्ना विचार पनि राख्न स्वागत नेपाल त्यो बैठकमा पुगेको थियो । त्यसमा वरिष्ठ पत्रकार युवराज घिमिरे पनि हुनुहुन्थयो । स्वागत नेपालले लामो समयदेखि यसमा काम पनि गरिरहनु भएको छ ।

देशभर ७३ जिल्ला ३ ३ पटक पुगेर कम्तीमा सानो भए पनि एउटा एउटा तदर्थ भए पनि समितिहरु बनाउनु भएको छ । उहाँलाई नेतृत्व गर्नुस् भनौं भनेर बैठकमा प्रस्ताव आउँदा उहाँले पहिला तपाईहरु राजा ल्याउनुपर्छ भन्ने पार्टीको अध्यक्ष समेत हुनुभएकोले त्यो विचार र सर्वोच्चको मुद्दा फिर्ता नलिईकन म नेतृत्व त के समर्थन गर्न पनि सक्तिनँ भनेर स्वागत नेपालले जवाफ दिएको हो । स्वागत नेपालले त्यो कुरा सोझै बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीकै अगाडि जवाफ दिनुभएको हो । ऊ सोझै बोल्ने मान्छे हो । अनि तपाईँ नै दहीच्यूरे भएको भित्री राजा ल्याउने एजेण्डा बोकेर सेन्टिमेन्टल कुरा गर्दैँ हिँडेबाट पुष्टि भएको अवस्थामा स्वागत नेपाललाई चरित्र हत्या गर्दै आरोप लागाउने ? तपार्इँको आँखा छैन ? कानले सुन्नुहुन्न ? सुरेन्द्र भण्डारीले जीवराम भण्डारीसँग सगरमाथा टेलिभिजनमा भर्खरै ताजाताजा अन्तरवार्ता दिएको युट्युवमा हेर्नु भएको होला त ।

त्यसको १७ मिनेट ४० सेकेण्ड र प्रकाश गिरीसँग सगरमाथा टिभीमै ३४ मिनेततिर नेपालमा वंशानुगत राजा शासक चाहिन्छ भनेको सुन्नु भएको हेर्नु भएको छैन ? वंशानुगत भनेको राजा बाहेक अरु हुन्न । अर्को थियो वंशानुगत राणा शासन । तर तपाईँ त्यो उहाँहरुको व्यक्तिगत कुरा हो भनेर कतिसम्म अन्धभक्त हुन सक्नु भएको हो ? तपाईको मूल नेतृत्वले नै राजा ल्याउने कुरा यो सरकार ढालेपछिको विकल्प के हो भन्ने प्रश्नको जवाफमा दिनु भएको छ भने तपाईँ चाहि यो भ्रष्टाचार विरुद्ध बाहेक केही होइन भनिरहनुहुन्छ भने तपाईँ त एमाले कांग्रेस राप्रपा मधेसी दल आदिका कार्यकर्ताभन्दा पनि अन्धभक्त कार्यकर्ता हुनुहुँदोरहेछ । आफ्नो नेताको यतिसम्म बचाउ त अखिल नेविसंघ राप्रविसंघका कार्यकताले पनि गर्दैनन् । तपाईँ र अरु पार्टीका भ्रातृ संगठनका कार्यकर्ता वीचमा फरकै के रह्यो र । राजा ल्याउने भन्ने उहाँको व्यक्तिगत कुरा हो भन्ने मोडेलको जवाफ अब पूरानो भइसक्यो जुन जवाफ दिने गर्नुहुन्छ ।

नयाँ कुरा गर्नुस् । त्यो पूराना नेताको वकपटुता भित्रको कुरा हो । त्यो स्टाइल पूरानो भैसक्यो, अबका जनता एक एक छिन्मा फेरेर टिभिमा डकुमेन्टमा फरक फरक कुरा गर्ने गरेको बुझ्छन् । तपाईको आइडिया आउट डेटेड भइसक्यो । अब टिभीमै हामी राजा ल्याउन चाहान्छौ वंशानुगत भनेर बोलेको कुरा अरु अरु कागज देखाएर छोप्न सकिँदैन । तपाईलाई अब थाहा भयो होला कि स्वागत नेपालहरुले के के गरिरहेका थिए, गर्दैछन् । तपाईहरुजस्तो मिडिया स्टन्ट मात्र गरेनन् । तर पनि एक पटक स्वतन्त्र राष्ट्रिय अभियान युनिकोडमा टाइप गरेर गुगलमा युट्युवमा दुई वर्ष अघिदेखिका सबै समाचार भिडियोहरु हेर्नुहोला । गुगलले त तपाई वा हाम्रो पक्ष वा विपक्षमा पक्षपात गरेर मिति त ढाँट्दैन नि होइन ? यी सबै विषयहरु कुन मितिदेखि स्वागत नेपालहरुले र कुन मितिदेखि तपाईहरुले उठाउँदै आएको प्रष्टसँग भनिदिन्छ, देखाइदिन्छ ।

स्वागत नेपालहरुले पहिलो संविधान सभाको पनि निर्वाचनपूर्वदेखि अघि भनेका मुद्दा मुद्दाहरु उठाउँदै र कामहरु गर्दै आएको तपाई देख्नु हुने छ, जुन फेहरिस्त माथि नै भनिसकेँ मैले, अरु पनि ती बाहेक धेरै भेट्नुहुन्छ । तपाईँले स्वागत नेपालसँग मेरो जीवनको पहिलो भेट नै केही दिन अघि मात्र म अस्पतालमा हुँदा भएको हो भन्नु भएको रहेछ आफ्नै मुखले, अनि भर्खरै भेट भएको मान्छेको कर्तुतको भिडियो मसँग छ भन्नु भएको रहेछ । भर्खरै मात्र भेट भएको मान्छेको भिडियो तपाईँसँग छ भने तपाईँलाई प्रयोग गर्न अरु कसैले दिएको हो भन्ने कुराको कुनै प्रमाण चाहिन्न । तपाई आफैँसँग केही पनि छैन, बढीमा तपाईलाई अरुले परिचालन गर्छन् । तपाईलाई अरुले दिएका कुरा मात्र तपाई प्रस्तुत गर्नुहुन्छ ।

नत्र हिजो मात्र जीवनमै पहिलो पटक भेट भएको स्वागत नेपालको भिडियो तपाईहरुसँग हुन सम्भव नै छैन । यसबाट के पुष्टि हुन्छ भने तपाईँ केवल गोटी मात्र हो । तपाईँलाई यो यो कुरा बोल् है भनेर अरुले ल्याएर दिएका कुरा बोल्ने हो । त्यसको सत्यता तपाईँलाई नै थाहा हुन्न । कसले कसरी कहाँबाट के ल्याएर दियो त्यही तपाईँले प्रस्तुत गर्ने हो । बाँकी कुरा लौ स्वागत नेपालको कर्तुतको बारेमा भएको भनिएको भिडियो सेकेण्ड ह्याण्ड होइन, फस्र्ट ह्याण्ड अन एडिटेड देखाउने हिम्मत छ ? अनऐडिटेड पनि वीचको, शुरुको, अन्त्यको मात्र होइन सम्पूर्ण भिडियो हुनुपर्छ सम्पूर्ण प्रसंग सहितको । यदि ऊ गलत रहेछ भने म अहिले नै स्वागत नेपाललाई नांगेझार पार्न म पनि तयार छु । तर, अडिटेड भिडिओ रहेछ भने म एक्स्पर्ट नै हुँ त्यसको । मेरो रिसर्चको विषय पनि त्यही नै हो । अक्कल नपुर्याई गरिएको ट्रिकहरु म पत्ता लगाउन सक्छु । म नै बुझ्ने गरी देखाइदिउँला ।

खासमा ज्ञानेन्द्र जी तपाईँ काम गर्ने मान्छेलाई हल्ला मात्र गरेर डिस्टर्व नगर्नुस्, हल्ला मात्र नगर्नुस् । अरुले दिएका फेक डाटा बोकेर सेकेण्ड ह्याण्ड इनफरमेसनले सडकमा मात्र नकुद्नुस् स्वागत नेपालहरुजस्तो कामै गरेर देखाउनुस् । सरकारले गर्न लागेको आइफा अवार्ड स्वागत नेपालहरुजस्तो ज्यानको बाजी राखेर असफल पारेर देखाउनुस् । यो देशमा प्रधानन्यायाधीस प्रधानमन्त्रीको पि ए बन्यो म इजलास बहिष्कार गर्छु भनेर इजलासबाट समेत बहिष्कार गरेर पार्टीगत न्यायालयको पनि विकृतिको विरुद्ध खरो उत्रिने कोही छ यो देशमा जसले गर्दा उसले कयाँै मुद्दाहरु छोड्यो तर पैसाका लागि इमान छोडेन अडान छोडेन, थाहा तपाईँलाई ? थाहा नपाई जानकारीको अभावमा जेसुकै बोल्ने ? सिके राउतले आफ्नो अडान नछोडी, देश टुक्र्याउन उद्दत समूहको अन्तराष्ट्रिय संगठनमा सूचीकृत भईभई बेग्लै राष्ट्रको जस्तो हैसियतमा सरकारसँग बसेर हस्ताक्षर गर्ने कार्य राष्ट्रविरोधी हो, त्यस्तो सम्झौता अरु कसैले गरेको भए जेलनेल भोग्नु पथ्र्यो ।

त्यसैले अलगावको आन्दोलन पहिला त्याग गरेको घोषणा नगरी सम्झौतामा हस्ताक्षर गर्ने प्रधानमन्त्री र गृह मन्त्री स्वयम् देशघाती हुन् । प्रधामन्त्री र गृहमन्त्रीलाई नै हत्कडी लगाउनुपर्छ भनेर सोझो राष्ट्रिय सभाका सत्तापक्षका प्रमुख सचेतकसँग संसदीय समितिका अध्यक्षहरुसँग भन्ने नेपालमा स्वागत नेपाल जस्तो हिम्मतिलो मान्छे को छ अरु ? सडकमा गफ दिएर हुन्छ ? हिम्मत छ ? भन्दै प्रश्न गरेर मात्र हुन्न । एक दिन आउने छ कि तपाईँ केही थाहा नभएको नाटक गरेर राजावादी आन्दोलन चलाइरहनु भएको छ भन्ने पुष्टि हुने छ, यदि तपाईँ साँच्चै सही हुनुहुन्छ भने तपाईँ पनि अमृत खरेलहरुजस्तै यो त नेपालका लागि नेपाली भनेको राजाका लागि राजावादी अभियान पो रहेछ भन्दै पश्चात्ताप गर्दैै बाहिरिनु हुनेछ ।

हिजो स्वागत नेपालले सर्वोच्च अदालतको प्रांगणमा वरिष्ठ अधिवक्ता महेश नेपाल, वालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी समेतको अगाडि नै कुनै ढाड पछाडि बसेर होइन सोझो उहाँहरुकै अगाडि यो नेपालका लागि भने पनि राजाका लागि राजावादी अभियान हो, अमृत जी तपार्इँ राजावादी होइन भने सहभागी नहुनुस् भोलि पछुताउनुहुनेछ भनेर भनेको हो । पछि त्यस्तै भयो । तपाईँको हकमा पनि त्यो लागू हुनेछ हेर्दै जानु होला । कि त्यतिबेलासम्म तपाईँ पनि राजावादी नै हुनुहुँदो रहेछ भन्ने प्रमाणित भैहाल्ने छ । धेरै समय कुर्नै पर्दैन । स्वागत नेपालले अहिलेसम्म बोल्दै आएका कुराहरु प्रमाणित हुँदै नै आएका छन् । हिजो उसले राइट टु रिजेक्ट हुनुपर्छ भनेर रिट हाल्दा वरिष्ठ अधिवक्ताहरुले नेपालमा यस्तो सम्भव छैन स्वागत नेपालको पागलपन हो भनेर अन्तरवार्ता दिएका थिए मिडियामा आज धेरै पार्टीहरुले त्यस विचारलाई आफ्नै सिद्धान्तको रुपमा विधानमै राखेका छन् ।

तपाईँको विश्लेषण क्षमताको अभावले तपाईँसँग मिटिंगमा बसेर तुरुन्तै बाहिर आएर टेलिभिजनमा तपाईँका नेताहरु सुुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेहरुले अन्तरवार्तामा यो सरकार ढालेर ल्याउने चाहिँ के हो भन्ने पत्रकारहरुको प्रश्नमा वंशानुगत राजतन्त्र हो भन्ने जवाफ दिएको तपाईँ सुन्न, मनन गर्न, बुझ्न सक्नुहुन्न । खासमा त्यसको अर्थ तपाईँ बुझ्न सक्नु हुन्न वा अन्धभक्त हुनुुहुन्छ । त्यति पनि होइन भने तपाईँ परिचालित नै हुनुहुन्छ । हिजोआजका युट्युवमा डा सुरेन्द्र भण्डारीका अन्तरवार्तामा बल्ल अरु मान्छे पनि हिजोदेखि स्वागत नेपालले भनेको कुरा पुष्टि हुन थाल्यो नेपालका लागि होइन राजाकै लागि राजावादी अभियान रहेछ भनेर हिजो स्वागत नेपाललाई उसको कुरा नबुझी सत्तोसराप गर्नेहरुले नै आज कमेन्ट गर्न थालेको हेर्नुहोला । यो शताब्दी नयाँ हो नयाँ कुरा गर्नुस्, पूरानो तरिकाले अब जनता झुक्याउन सकिँदैन ।

अन्त्यमा एउटै कुरा ध्यान दिनुस्, कुनै पनि भिडिओमा स्वागत नेपालले तपाईको चरित्र, तपाईँको आशय प्रति औंला उठाएको छैन । तपाईको बारेमा स्वागत नेपाल र स्वतन्त्र राष्ट्रिय अभियानले जारी गरेको प्रेस विज्ञप्ति हेर्नुस् त एक पटक गुगलमा सर्च गरेर तपाईँलाई कति सम्मानपूर्वक प्रस्तुत गरिएको छ र तपाईँको भावनाप्रति ऐक्यबद्धता जनाइएको छ । त्यसैले आफै सर्च गरेर मात्र धारणाहरु बनाउनुहोला । मैले व्यक्तिगत रुपमा कुरा गर्दा तपाईँजस्तो व्यक्तिलाई तपाईँ राजा ल्याउन नहिँडेको भए पनि तपाईँ हिजो पनि कम्युनिष्ट विचारको मान्छे भए पनि तपाईँलाई इमान्दारीको फाइदा उठाएर प्रयोग गरे ज्ञानेन्द्र जीको छवी धुमिल हुनेभयो, भोलि स्पष्टीकरण दिन मात्र समय खर्च गर्नु पर्ने भयो भन्ने चिन्ता स्वागत नेपालले गरेको मैले पाएको छु । नेपालका लागि नेपालीमा तपाई त निक्कै पछि मात्र जोडिनु भएको हो ।

स्वागत नेपाललाई शुरुदेखिको सबै कुरा थाहा छ । स्वतन्त्र राष्ट्रिय अभियानले मिति २०७५ ७ महिना १९ गते नै नेपालका लागि नेपाली र स्वतन्त्र राष्ट्रिय अभियान वीचको भ्रमबारे अफिसियल वेवसाइटमा प्रेस विज्ञप्ति नै जारी गरेर प्रष्ट गरेको थियो । लिंक हेर्नस् , तपाईँलाई त्यो बेला स्वतन्त्र राष्ट्रिय अभियान पहिलैदेखि माथि भनिएका कामहरु गर्दै थियो र नेपालका लागि नेपाली भन्ने भर्खरै जन्मदै थियो भन्ने पनि थाहा थिएन । बालकृष्ण न्यौपानेहरुलाई पनि तपाईँ भन्दा त पहिल्यै एउटै पेशामा भएको कारणले पनि ०४७ सालदेखि पत्रकारितमा भएको कारणले पनि स्वागत नेपालले अलि बढी चिन्दछ होला नि । त्यसैले नेपालका लागि नेपाली अभियानको मुख्य उद्देश्य तपाईँ भन्दा बढी स्वागत नेपाललाई अलि बढी नै थाहा छ । पहिला उद्देश्यको बारेमा डिजाइन बनाइन्छ अरु व्याख्या र कागजहरु त पछि बनाइन्छ ।

त्यतिबेलै जो आफू अर्कै अभियानको संयोजन गर्दै काम नै गर्दै आइरहेको थियो उसले किन बस्न मानेन भन्ने कुराको मात्र जवाफ स्वागत नेपालले दिएको छ । त्यसैले स्वागत नेपालले अरुका बारेमा जे जे भने पनि तपाईँप्रति स्वागत नेपाल कसरी प्रस्तुत भएको छ हेर्नुस् त सबै भिडिओ । फेरि स्वागत नेपालले राजा ल्याउन भन्नै पाइँदैन भनेको छैनन नि । स्वागत नेपालले त मलाई चाहिँ मन पर्दैन, म चाहिँ संसारमा एक्लै भए पनि कुनै व्यक्ति जन्मकै आधारमा शासक, जन्मकै आधारमा दलित, जन्मकै आधारमा जागीरे भएर जन्मनु पर्छ भन्ने कुरा मान्दिनँ, त्यसैले बरु म एक्लै भए पनि मेरो आफ्नै विचारमा उभिन्छु भन्दै पार्टीहरुका विरुद्ध पनि पार्टीहरु मिनि राजा भएको विरुद्धमा बोलिरहेको छ, लेखिरहेको छ ।

तपाईँहरुले पत्रकार सम्मेलन नै गरेर स्वागत नेपाललाई गाली गर्नु भएको छ । तर, स्वागत नेपाललाई पहिले पहिले तपाईँ ज्ञानेन्द्र शाहीलाई यातना भएकोमा विज्ञप्ति नै निकालेर समर्थनमा हुनुहुन्थयो अहिले किन कार्यक्रममा जान छोड्नु भयो भनेर पत्रकारले आफैँ खोजेर प्रश्न सोधेपछि मात्र सोधेको प्रश्नको जवाफ मात्र दिएर स्वागत नेपालले ज्ञानेन्द्र शाहीप्रति सहानुभुति र यातनाको विरोध छ, उहाँको भ्रष्टाचार विरुद्ध प्रर्दशनप्रति ऐक्यबद्धता छ तर उहाँलाई राजावादीहरुले प्रयोग गरेका छन् जो उहाँलाई नै थाहा नहुन सक्छ त्यसैले हामी त्यो अभियानमा सहभागी भएनौँ भन्ने मात्र जवाफ दिएको छ । अनि त्यो कसरी चरित्र हत्या भयो । त्यो पनि तपाईँको ? त्यसको जवाफ त तपाईँले होइन सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दिनुपथ्र्यो ।

अनि तपाईँले पनि उहाँहरुलाई नै प्रश्न गर्नु पथ्र्यो तपाईँ खासमा सही र इमानदार हुनुहुन्थयो भने कि स्वागत नेपालले भनेको प्रमाणित हुँदैछ तपाईँहरु राजावादी होइन भनेर एउटा वाक्यमा बोल्ने अर्को वाक्यमा यो आन्दोलनपछि कस्तो व्यवस्था ल्याउने भनेर पत्रकारले प्रश्न गर्दा वंशानुगत राजा ल्याउने भन्नुहुन्छ, मैले सोझै राष्ट्रिय टेलिभिजन प्रशारणमा देखेँ यति यति मिनेट सेकेण्डमा जवाफ चाहियो भनेर सोध्नु पर्नेमा स्वागत नेपालले चरित्र हत्या गर्यो भन्दै हिँड्ने ? तपाईँको नियत बुझ्दैनन् मान्छेले ? मैले स्वागत नेपालको उसको ०४८ सालदेखि लेखेका सबैजसो लेखहरु पढेको छु, किताबहरु पढेको छु ।

तपाईँ र स्वागत नेपालजस्तो मान्छे एकै ठाउँमा कुनै दिन हुनुहुनेछ । यो देशले त्यो खोजिरहेको छ । देशले अझ उन्नत लोकतान्त्रिक व्यवस्था खोजेको छ । न त फेरि राजा न त फेरि यिनै दलहरु । देशले कुनै वंशीय शासक खोजेको होइन, नेपालका लागि नेपालीले ल्याउन खोजेजस्तो । जनताले यी पार्टी र नेताहरुको विरोध गरेको यिनीहरु आफैँ राजा भए, आफैं मिनि राजा भए भनेर विरोध गरेको हो, फेरि राजा चाहियो भनेको होइन । अझ उन्नत लोकतान्त्रिक व्यवस्था खोजेको हो । अहिले नेपालमा मुख्य तीन धार छन् । एउटा, यो बेथिति भयो भनेर फेरि वंशीय शासक फर्काउन चाहनेहरु छन् । दोस्रो, यिनै दलहरुलाई टिकाउन चाहनेहरु छन् र तेस्रो न त राजा ठीक न त दलहरु ठीक, नेपालका सबै दलहरु एउटै हुन् यो फरक व्यवस्था चाहने दलहरु धेरै भए दुई दलीय व्यवस्था हुनुपर्छ, ५१ प्रतिशत ल्याउनेले सरकार चलाउने ४९ प्रतिशतवाला विपक्षमा रहने दुवैले केही नगरी वा मिलीजुली देश लुट्न थालेमा अर्को तेस्रो शक्ति सोझै अस्ति युक्रेनमा, युगोस्लाभियामा जस्तो सोझै जितेर आउन सक्ने व्यवस्था ।

तर अभियान चलाउनेहरु अरु स्वागत नेपालहरु बाहेकले ५१ प्रतिशतको सोझो कुरा किन गर्दैनन् र वंशानुगत आधारमा चाहन्छन् राजतन्त्र भने उनीहरु हाम्रो ५१ प्रतिशत आउँदैन हामी सत्तामा जान पाउँदैनाँै भनेर डराउँछन् । आफूलाई मात्र केन्द्रमा राखेर सोच्छन् । त्यसैले आफूलाई केन्द्रमा राखेर व्यवस्था नयाँ ल्याउँ जाहाँ यो कुरा सुनिश्चित हुन्छ । थिती नयाँ बसेपछि जो आएपछि आओस् । यो विचार राख्ने स्वागत नेपालहरु स्वतन्त्र राष्ट्रिय अभियान अहिले पार्टीहरु राजावादीहरु दुवैको वीचमा चेपुवामा परेका छन् । सबैभन्दा बढी आक्रमण अहिले उनीहरुलाई ती दुई राजावादी र दलवादी दुवै अतिवादीहरुबाट भइरहेको छ ।

तर पनि उनीहरु विचलित छैनन् । तपाईँले पार्टीको कार्यकर्ता भन्नु भएको रहेछ । स्वागत नेपाललाई कुनै समय राज्य पक्षले आँखामा पट्टी बाँधेर पक्राउ गरी राखिएको मान्छे हो र फेरि माओवादी पक्षबाट पनि नियन्त्रणमा राखिएको मान्छे हो । तपाईँ संसारभरका पत्रकारहरुको गैर न्यायिक यातना र कब्जामा लिइएका तथ्यहरुको रेकर्ड राख्ने संस्था रिपोर्टस् विदआउट बोर्डस्को वेवसाइटमा पनि आधिकारिक रुपमा देख्न सक्नुहुन्छ । तपाइहरुको समर्थन नगर्ने वित्तिकै दलको मान्छे र दलवालाहरुले दलको समर्थन नगर्ने वित्तिकै राजावादी भन्ने चारित्रिक हत्या स्वागत नेपालहरुले भोग्नु परिरहेको छ । तर दलवादी त दलवादी भइहाले घोषित रुपमै, तपाईँहरुले पनि वंशानुगत राजा ल्याउने भनेर पत्रकारको जवाफमा कयौँ अन्तरवार्तामा भन्नुभएकै छ अघि भनेको प्रमाण सहितका अन्तरवार्तामा । अब बाँकी केवल स्वागत नेपालहरु रहे खासमा स्वतन्त्र अभियान चलाउनेहरु भनेका । यो कुरा कुनै पक्षपोषण होइन तथ्यले बोल्छ । र, ज्ञानेन्द्र जी यो कुरा स्क्रिन सट गरेर राख्नुस् तपाईँको नेतृत्व भनेको छ तपाईँको अभियानको मूल उद्देश्य वंशानुगत राजा फर्काउने हो ।

तपाईँले यति थाहा भइसकेपछि बुझिसक्नु भएको छ । अब पनि प्रमाण खोज्ने कुरा, बुझ्ने कुरा, यो राजावादी रहेछ भने भोलि नै म छोड्छु भनेर प्रमाण देखीदेखी भन्नुभयो भने स्पष्ट हुन्छ कि तपाइँ सबैभन्दा के भन्ने अब शब्द प्रयोग गर्दिनँ, समाजले बुझिसक्यो । बरु सोझै भन्नुस् नलुकाईकन तपाईँको एजेण्डामा मान्छे आउलान् विचार प्रष्ट रैछ भनेर अनि पो इमानदारी । हामी राजावादी होइनौं भनेर स्वागत नेपालहरुलाई गाली गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा त झन् पुष्टि भएको थियो, त्यसपछिका अन्तरवार्ताहरुमा झन् पुष्टि भयो त । अब तपाईँले त्यो पुष्टि भयो भने छोड्छु भनेको दिन आएन र ? संविधान सभाको म्याद थपियो भने संविधान सभासदको पद नै छोड्छु भनेर गगन थापाले भनेजस्तो तर थपिएपछि पनि तलबभत्ता बुझिरहेजस्तै हो कि । हुन त तलब भत्ता छोड्नु हुन्न । म अझै पनि चाहन्छु तपाईँको चाहना राजा फर्काउने होइन भने आफ्नो समय उर्जा खेर नफाल्नुस्, इमानदार बन्नुस्, राजै ल्याउने हो भने इमानदारी पूर्वक भन्नुस् ।

म पनि विचारको निषेधको पक्षपाती होइन, तर इमानदारीपूर्वक देखाएर गर्नुपर्छ । एकथोक भन्ने अर्कैथोक गर्ने राजनीति पूरानो भइसक्यो, यो अति भयो । अब बन्द गरौँ यस्तो जालझेलको राजनीति मात्र भन्न चाहन्छु । फेरि पनि मलाई लाग्छ सैद्धान्तिक कुरा तपाईँ र स्वागत नेपालको चाहिँ मिल्छ होला बरु एक पटक भेटेर कुरा गर्नुस्, सबै नेपाली जनताका लागि तपाईँहरु दुई जनाको पवित्र उर्जा मिलाउनु् । मलाई लाग्छ तपाईँहरु दुवै जनाको विचार राम्रो छ । दुवै सत्य बोल्ने र नडाराउने मान्छे हो । तपाईँलाई भ्रममा राखेर तपाईँसँग एउटा कुरा गरेर मिडियामा सोझै सोझै वंशानुगत राजा ल्याउने भन्ने जवाफ एक ठाउँ होइन, चिप्लिएर बोलेको होइन, योजनाबद्ध रुपमा बोलिरहनु भएको छ । तपाईँले बुझ्नुपर्छ तर यस्तो दुइटा कुरा नगर्ने तपाईँ र स्वागत नेपालहरु चाहिँ एक ठाउँमा हुनुपर्छ । मेरो शुभकामना छ । उमेरले पनि सबै कुराले नै हुनुपर्छ तपाईँको भाइ –अर्जुन गौतम स्वदेश

सम्बन्धित खबरहरु