काठमाडौं । चलिरहेको ट्यासीका चालक अचानक निदाएपछि ठुलो दुर्घटना भएको छ । चीनको दक्षिणपश्चिमी प्रान्तको गुइचोमा ट्याक्सी चालक यात्राकै क्रममा निदाएपछि गाडी सडकछेउमा ठोकिन पुगेको हो । ट्याक्सी ठोकिएपछि सुतिरहेका दुई स्कूले विद्यार्थीहरू उफ्रिएर झ्यालमा ठोकिएको भिडियोमा देखिएको छ । ट्याक्सीचालकको फूटेजमा उनले यात्रामा क्रममा आफूलाई ब्युझाई राख्न कोशिश गरेको देखिन्छ । निद्राको कारण घरिघरि आँखा खोल्ने अनि बन्द गर्ने गरेका चालक चार सेकेन्डसम्म निदाउँदा गाडी सडकबाहिर पुगेर ठोकिएको हो । उनले आत्तिएर ट्याक्सी जोगाउन खोज्दा ढिलो भइसकेको थियो । पछाडिको सीटमा बसेका दुई बालिकाहरूले सीट बेल्ट नलगाएकाले उनीहरू अगाडिको शीशामा बजारिन पुग्छन् । चालकले पनि सीट बेल्ट नलगाएको देखिन्छ र उनी सीटसँगै फ्रेमबाट बाहिरिएको देखिन्छ । भिडियोको अन्त्यमा एक बालिका कारभित्रै चलिरहेको देखिन्छ । जुन्यी सार्वजनिक सुरक्षा ब्यूरोले तीनैजना यात्रुको उपचार अस्पतालमा भइरहेको बताएको छ । एजेन्सी

सम्बन्धित खबरहरु