काठमाडौ । एउटा राम्रो कम्प्युटर तथा डेक्सटप खरीद गर्दा तपाईलाई कम्तीमा पनि २५ हजार रुपैयाँ लाग्छ । डेक्सटप कम्प्युटर नै लिनुुहुन्छ भने त्यसलाई राख्न घरमा अलग्गै स्थान बनाउनुपर्ने हुन्छ ।

तर, बजारमा यस्तो कम्प्युटर पनि आइपुगेको छ, जसलाई तपाईले नेपाली ८ हजार रुपैयाँमै खरीद गर्न सक्नुुहुन्छ ।

कम मूल्य भएका कारण ल्यापटप र डेक्सटपको पीसीमा जस्तो सुविधा यसमा नहोला भन्ने चिन्ता हटाइदिनुहोस् । यो पीसीबाट समेत तपाईले ल्यापटपजस्तै मुभी हेर्न सक्नुहुन्छ, गेम खेल्न सक्नुहुन्छ र यसमा आफूलाई चाहिने डेटा समेत स्टोर गर्न सक्नुुहुन्छ ।

यति मात्र होइन, तपाईले यो कम्प्युटरबाट अफिसको काम पनि गर्न सक्नुुहुन्छ । हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौका केही प्रतिष्ठित कम्प्युटर पसलमा समेत यो पीसी खरीद गर्न पाइन्छ ।

सम्बन्धित खबरहरु