एजेन्सी । बलिउड चलचित्र उद्योगमा नै एक सनशनीपूर्ण खबर आयो । उक्त खबरले सबैलाई स्तब्ध बनायो । चर्चित सुफी गायक कैलाश खेरले जीवन त्याग गर्न गंगा नदीमा हाम फाले भन्ने खबरले सबै आत्तिए । तर उनै गायक आफ्नो ४६ औं जन्मदिन मनाइरहेका छन् । मेरठ, उत्तरप्रदेशमा जन्मेका कैलाश खेरले सन् २००३ मा आफ्नो बलिउड करियरको सुरुवात गरेका थिए । उनले प्रियंका चोपडा र अक्षय कुमारको फिल्म अन्दाजमा पहिलो गित ‘रब्बा इश्क ना होवे ’ गाएका थिए । यो गित निकै चर्चित रह्यो ।

त्यसै वर्ष कैलाश खेरले ‘अल्लाह के बन्दे ’ पनि रिलिज भयो । यसले उनलाई थप चर्चित बनायो । उनी हेर्दा हेर्दै निकै चर्चित भए । तर तपाईंलाई अचम्म लाग्ला कि कैलाश खेरको जीवनमा यस्तो दिन पनि थियो तब आर्थिक समस्याका कारण उनले आफ्नो जीवन नै अन्त्य गर्ने कोसिस गरेका थिए ।

कैलाश खेरले यो कुरा एक अन्तरवार्तामा खुलासा गरेका थिए । उनले भनेका थिए, ‘मैले धेरै पैसा गुमाएको थिएँ त्यसपछि मेरो संसारै ठप्प भएको थियो । म एक वर्षसम्म डिप्रेशनमा रहेँ । जब मैले यसको कुनै समाधान देखिनँ तब जीवन नै समाप्त गर्ने निर्णय लिएँ । त्यसकारण गंगा नदीमा हाम फालेँ तर मलाई मेरा साथीले बचाए ।’

जब कैलाश खेरको व्यापारमा भयो लाखौंको घाटाः
अब कैलाश खेरले आफ्नो जीवन नै अन्त्य गर्ने कोसिसलाई आफ्नो सबैभन्दा ठूलो गल्ती ठान्छन् । उनी भन्छन्, ‘त्यतिबेला मसँग कुनै विकल्प थिएन । मैले थोरै जग्गा जोडेको थिएँ, त्यसबाट धेरै फाइदा पाउने आश थियो । मेरो आमा–बुवा भाडाको घरमा बस्नुहुन्थ्यो र जग्गा किनेकोमा मलाई गर्व लागेको थियो । त्यो जग्गामा घर बनाउँछु सोचेको थिएँ तर त्यसमा मलाई २२ लाख भारु घाटा लाग्यो ।

मैले निकै मेहनत गरेर कमाएको पैसा सबै गुम्यो ।’ कैलाशले आफ्नो विफलताबाट उठ्ने अनेकौं प्रयास गरे । पछि कैलाशले आफ्नो पिता पुर्खाले गर्दै आएको काम गर्ने निर्णय गरे । उनी ऋगिषकेश गएँ, त्यहाँ उनले कर्मकाण्ड, ज्योतिष सिके जुन उनको पिताको व्यवसाय थियो । यद्यपि, उनलाई यसले कुनै मद्दत गरेन, उनी लगातार डिप्रेशनमा फसिरहे ।

सम्बन्धित खबरहरु