काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाहको तयारी गर्नुभएको छ ।

पूर्वमन्त्री तथा सांसद कार्कीले काठमाडौंको थापाथलीमा तेस्रो बिहेका लागि स्वयम्वर गर्नुभएको हो ।

आइतवार साँझ उहाँले राजधानीको थापाथलीस्थित पार्टी प्यालेसमा टीकाटालो गर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।

६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लाग्नु भएको छ । तर विवाह गर्न लागेका बधुको नाम भने खुलाइएको छैन । कार्कीले टीकाटालोमा परिवारका सदस्य र कांग्रेसका केही नेतालाई बोलाउनु भएको थियो । कार्कीको बिहे मितिबारे केही जानकारी गराइएको छैन ।

पूर्व अर्थ र जलश्रोतमन्त्री हुनुभएका कार्कीको पहिलो श्रीमतीबाट एक छोरी छिन् । यसअघि कार्कीका दुवै पत्नीको निधन भइसकेको छ । कार्कीकी पत्नी आँबु राणा कार्कीको २०७३ जेठ १७ गते निधन भएको थियो ।

आरआर क्याम्पसकी उपप्रयाध्यापक समेत रहेकी उनको निधनको तीन वर्षपछि कार्कीले अर्को बिहे गर्न लाग्नु भएको हो ।

गृहजिल्ला भोजपुरबाट तीन पटकसम्म चुनाव लडेका कार्की तीनै पटक पराजित हुनुभएको थियो । हाल उहाँ सुनसरीबाट चुनाव लडेर प्रतिनिधि सभामा सदस्य हुनुहुन्छ ।

सम्बन्धित खबरहरु