काठमाडौं । अहिले जनतामा सरकारद्धारा प्रतिवन्धमा परेको विप्लव माओवादीको त्रास कायमै छ । देशका विभिन्न भागहरुमा समयसमयमा हिं*स्रक घटनाहरु बढ्दै गइरहेका छन् । यो बीचमा सुर्खेत प्रहरीले द्व*न्द्वकालीन समयका वि*स्फोटक पदार्थ फेला पारेको बताएको छ । आइतबार सुर्खेत चिङगार्ड गाउँपालिकाको विभिन्न वडाहरुमा निगरानी गर्ने क्रममा वि*स्फोटक पदार्थ फेला पारेको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिट पार्टीका गतिविधिमाथि निगरानी गर्ने क्रममा

चिङगार्ड गाउँपालिकाको ७ नम्बर वडामा उक्त वि*स्फोटक पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले वि*स्फोटक पदार्थ, बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक २ किलो, सेफ्टी फ्युज ८ थान, डेटकड अन्दाजी १ मिटर र केप ६० थान फेला पारेको हो । चिङगार्ड–७ को मध्य लोकमार्गको बाटोको ढुंगामुनि प्लाष्टिकको पोकोमा लुकाएर राखेको अवस्थामा वि*स्फोटक पदार्थ फेला परेको थियो ।

सम्बन्धित खबरहरु