रामकुमार श्रेष्ठ । पछिल्लो समय पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता श्रीमतीका साथमा राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बस चढेर सर्वसाधारणसँगै आफ्नो घरको ठेगाना नागरिक वडा कार्यालयमा सच्याउन गएको समाचार भाईरल बन्यो । त्यसो त बेलायतका प्रधानमन्त्री डेभिड क्यामेरोन मन्त्रीहरुलाई लिमो गाडी बिर्सेंर ट्युब चढन सल्लाह दिंदै आफू पनि ट्युबमा यात्रा गरेको, स्वीटजरल्याण्डका ९१ प्रतिशत सभासदहरु ट्राममा यात्रा गरेको, शिकागोका मेयर राहम इमानुयल ट्रेन चढेको, फ्रान्सका तात्कालिन प्रधानमन्त्री फ्रान्सिस हलाण्डेले २०१२ मा फ्रान्सभित्रको आफ्नो आधिकारिक भ्रमण ट्रेनबाट गर्ने घोषणा गरेको, थाइल्याण्डका यातायात मन्त्री चाडचार्टले बैंककमा बस यात्रा अत्यन्तै ढिलो हुने बुझ्दा बुझ्दै पनि झन्डै प्लेन नै छुटने गरी बसबाटै एयरपोर्ट गएको यथार्थताहरु पनि नभएका होइनन ।

 

 

नेपालीका बीच आँफैले अस्ट्रेलियाका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीहरूसंग भेटघाट गर्दाका यस्तै यथार्थताबोध गराइदिनु समय सान्दर्भिक हुने ठानी यस्ता बिषयबस्तुमा आधारित यो लेख । सरकारको नेतृत्व पाएलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरानले संपूर्ण सुबिधाको कटौती गरी आफू सहित सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च कटौती, निबर्तमान अमेरिकी राष्ट्रपति ओबामा अबकासपछि आफ्नै फाउन्डेशनबाट समाजसेवामा सक्रिय भएर सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्पप्लेक्समा किनमेल गरिरहेका दृस्य, राजनीतिमा आउनुअघि व्यवसाय गर्ने नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटी अहिले पनि स्मार्टफोन प्रयोग नगरी नोकियाको सामान्य फोन चलाउँदै प्रधानमन्त्री भएपछि पनि सुरक्षाकर्मी बेगर नै साइकल चढेरै कार्यालय जाने–आउने र साताको एकदिन प्राथामिक विद्यालयमा अध्यापन गर्छन ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै उनले तलब नलिने घोषणा गरे तापनि कानुनले उनलाई त्यस्तो छुट नदिएकोले वार्षिक एक डलर मात्रै तलब लिएर र बाँकी सामाजिक कामका लागि खर्चिने, शरणार्थीका प्रिय नेताका रुपमा परिचित क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले सिरिया द्वन्द्वबाट विस्थापित ५० हजारलाई क्यानाडामा स्वागत मात्रै नगरेर कतिपयलाई लिन आँफै विमानस्थल नै पनि पुग्ने, न्यूजिल्यान्डकी यातायातमन्त्री जुली एनी गेन्टर साइकलमै कार्यालय ओहोरदोहोर गर्ने मात्रै नभएर सुत्केरी बेथाले च्याप्दा पनि साइकल चलाउँदै अस्पताल पुगेर बच्चा जन्माएका जस्ता यथार्थताहरुलाई पुनस्स्मरण गराउनु सान्दर्भिक ठानें खास बिषयबस्तु प्रबेष गर्नु अघि ।

 

गत बर्षको सेप्टेम्बर १४ मा सांसद क्रिस्चिन कोजिन्सको नयाँ अफिसको उदघाटनको लागि मुख्यमन्त्री डानियल आन्ड्र्युजलाई कुर्ने क्रममा उभिएर कुराकानी गरिराख्दा केही समयमा एउटा सेतो कार आएर रोकियो हाम्रो नजिकै । अगाडि पछाडि साइरन बजाउने सेक्युरिटिका कुनै पनि सवारी साधन नभएकाले मैले कुनै पनि अडकल लगाउने कुरा त थिएनन नै, तर कारबाट निस्केका ब्यक्ति देख्ने बित्तिक्कै चिनिहालें (उनी थिए पहिला तीन पटक भेटघाट भैसकेका मुख्यमन्त्री डानियल आन्ड्र्युज । हात मिलाएर छोटो भलाकुसारीपछि मेरो दाहिनेतिर डानियल र डानियलको दाहिने क्रिस्चिन हुने गरी तीनजना लस्करै उभियौं उदघाटन गरिने अफिस भवनतिर फर्केर । हामी करीब करीब दाहिनेपट्टी छेउमा उभिएका थियौं र अधिकांश हाम्रो बायाँतिर थिए । यस्तैमा मैले बायाँपट्टिको करीब करीब अन्ततिरको भीडबाट पर्यटन एबं खेलकुद मन्त्री जोन एरेन हामीतिर केन्द्रित भएर फोटो खिचिरहेको देखें ।

 

कार्यक्रममा केही समय बिताएर मुख्यमन्त्री डानियल आन्ड्र्युज निस्कन लागेको बेलामा मुख्यमन्त्री डानियल र सांसद क्रिस्चिनसंग फोटो खिच्न लागेको बेलामा अलि पर अरुसंग कुराकानी गरिराखेका मन्त्री जोन एरेन ‘म पनि मिसिउँ’ भन्दै मेरा दुबैतिरको काँधमा हात राखेर उभिएका मुख्यमन्त्री डानियलको बायाँपट्टि संगै आएर उभिए । जोन एरेन तिनै मन्त्री थिए जस्लाई २७ फेब्रुअरी, २०१६ का दिन अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबहरुमध्येको पाको फेस्टामा मैले बहुसांस्कृतिक मन्त्री रविन स्कटलाई खादा लगाइदिएपछि रविनलाई लगाइदिएको खादा आफू नजिकै उभिएका यिनै जोनको र आफ्नो गलाको वरिपरी बेरेका थिए र त्यस्को केही समयपछि मलाई आफ्नो भिजिटिङ कार्ड दिएपछि मात्रै उनी मन्त्री भएको थाहा पाएको थिएँ । यदि उनी मन्त्री भएको पहिल्यै थाहा भएको भए मसंग जगेडा खादा पनि थियो ।

 

यहाँका मन्त्रीहरु बिना सुरक्षाकर्मी र बिना आसेपासे सामान्य मानिस जस्तै गरी हिंड्ने भएकोले पहिला नै नचिनी चिन्ने भन्ने नै हुँदैन । कार्यक्रमको शुरुवात सांसद क्रिस्चिन आँफैले गरिन र आफूले बोलिसकेपछि मुख्यमन्त्री डानियललाई बोलाए । डानियलले बोल्ने क्रममा मन्त्री जोनको नाम लिएपछि सांसद क्रिस्चिनले ूसरी, मैले त जोनलाई यादै गरिनू भनेपछि मुख्यमन्त्री डानियलले भने, ूकेही छैन, जोनले कार्यक्रमको देखभाल गर्दै थियोू । शायद नेपालमा यस्तो हुन्थ्यो भने यो घटनाले कत्ति लफडा जन्माउँथ्यो, पत्रिकामा कत्ति समाचार बन्थे । तर त्यहाँ त्यस्तो केही भएन । ड्यासमा बस्न र बसाउन कत्ति राजनीति गर्ने मानसिकताले ग्रस्त र केही नगरी सम्मान भने खोज्ने हाम्रो समाजको लागि यो घटना दन्त्य कथा जस्तै हो ।

 

१५ अगस्ट, २०१५ का दिन मेरो आफ्नै निवासमा अस्ट्रेलियाकै प्रभाबशाली नेता, पूर्व मन्त्री एबं तात्कालिन र हाल समेत अध्यागमन तथा सीमा सुरक्षा छायाँ मन्त्री रिचार्ड मार्ल्सको प्रमुख आतिथ्यतामा आयोजित 'देशको सम्बृद्धिका लागिू बिचार गोष्ठि सकाएर डिनर गर्दा राती अबेर भैसकेकोले नेता रिचार्ड मार्ल्स र साथमा आएकी सांसद क्रिस्चिन कौजिन्सलाई छाड्न गाडीसम्म जाँदा सुरक्षाकर्मीको नामो निसान केही भेटिएन । ९ अगस्ट, २०१३ का दिन अस्ट्रेलियाको भिक्टोरिया राज्यका बर्तमान मुख्य मन्त्री तथा तात्कालिन प्रतिपक्षी नेता डानियल आन्ड्र्युज, छायाँ मन्त्री जेनी मिकाकोस र सांसद इयान ट्रेजिज उपस्थित भएको कार्यक्रममा न त कुनै सुरक्षाकर्मी थिए न त उनीहरु आउँदा दाँया बाँया लागेर आउने नै थिए ।

 

कार्यक्रमको सन्चालन सांसद इयान आँफैले गरेका थिए । अतिथिहरु बस्ने ड्यासमा अत्यन्तै सामान्य दुई टेबल, सामान्य मेचहरु, एउटा पानीको बोत्तल र एउटा गिलास देखिन्थे । यी सबै देख्दै गर्दा मेरो मानसपटल यो स्तरका नेताहरुको उपस्थिति हुँदा नेपालमा आयोजना गरिने कार्यक्रमको तामझाम चित्रण गर्न ब्यस्त थियो । १९ जुन, २०१३ का दिन अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डको कार्यकक्षमा नेपाली समुदायका तर्फबाट शान्तिका प्रतिक वुद्धको मूर्ति र अस्ट्रेलियाको विकासका साथसाथै अस्ट्रेलियामा शान्ति कायम होस भन्ने शुभ(कामनाका साथ लुम्बिनी कपिलवस्तु दिवस अभियानका तर्फबाट पत्र दिन प्रबेश गर्दा सहायकमन्त्री डेभिड ब्राडबरी र सांसद मिशेल रोलान्ड मात्रै थिए ।

 

माथि उल्लेख गरिएका उदाहरणहरु सबै कुनै गरीब देशको नभएर मानब विकास सूचांकका आधारमा दोश्रो र जिडिपिका आधारमा दशौं प्रतिब्यक्ति सरदर आय भएको अस्ट्रेलियाका हुन । नेपालमा मन्त्री वा मन्त्री भैसकेका ब्यक्तिहरु जे जस्तो रबाफका साथ हिडडुल गर्ने एउटा संस्कार विकसित भैसकेको छ, त्यो संस्कारमा अभ्यस्त भएकाहरुका लागि उपर्युक्त उदाहरणहरु अपत्यारिला कथा जस्ता लाग्न सक्छन । गरीब देशका लागि अपत्यारिला कथा जस्ता लाग्ने धनी देशका यस्ता यथार्थताहरुका भुक्त भोगी हामी यस्ता यथार्थताहरुलाई आफ्नै गरीब देशमा पनि भित्र्याउन पाए देशलाई कायापलट गर्ने एउटा महत्वपूर्ण पक्ष हुन सक्थ्यो भनी यता चिन्तित हुन्छौं ।

 

वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले २०१० को मइमा प्रधानमन्त्री पद गुमाएपछि २०१२ को फेब्रुअरीसम्ममा चौध लाखभन्दा बढी पाउण्ड कमाए भने वेलायतकै अर्का पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले २००७ मा प्रधानमन्त्री पद गुमाएपछि सोही समयसम्ममा एक करोड बीस लाख पाउण्ड । दुबै जनाको आम्दानीको मूल श्रोत अन्तराष्ट्रिय जिम्मेवारी हो भने ब्राउनले साउदी अरेबिया, मस्को र नाइजेरियामा दिएको भाषणबाट मात्रै एक लाख पचासी हजार पाउण्ड कमाए । यदि उनीहरु आफ्नो प्रधानमन्त्री पद गुमाएपछि कतै नगै सांसद नै भएर बसिरहेका हुन्थे र कुर्सी गुमाउनु परेको रन्कोमा बदलाभावका कारण प्रतिपक्षी बनेर फतफताइ रहेका हुन्थे भने उनीहरुको मर्यादा समाप्त प्रायस् हुन सक्थ्यो ।

 

त्यसो नगरी अन्तराष्ट्रिय एबं सामाजिक जिम्मेवारी पुरा गर्दै प्रधानमन्त्री हुँदाभन्दा धेरै गुणा बढी आम्दानी मात्रै गरिराखेका छैनन, बरु आफ्नो साख पनि जोगाइराख्न सफल भएका छन । बिकसित देशको यो संस्कारलाई हामीकहाँ भित्र्याउन नसकिउन्जेल न त बिकृत राजनीतिक अवस्थामा सुधार आउन सक्ने देखिन्छ, न त देश अगाडि बढने आशा गर्न सकिन्छ । हामीले दिनदिनै सुन्ने गरिएका नेताहरुका झिज्यारलाग्दा अनाबस्यक फतफतावट मूलतस् राजनीतिमा प्रबेश गरेपछि यस्मा आजीवन बसिरहने प्रबृति र संस्कारको परिणाम हो ।

 

नेपालको सन्दर्भमा राजनीतिज्ञहरु देशको महत्वपूर्ण कुराहरुमा ध्यान केन्द्रित गर्नुभन्दा गुमेको पद पुनस् कसरी हत्याउने र पाएको पद कसरी जोगाउने भन्नेतिरै संपूर्ण ध्यान केन्द्रित गरिराखेको देखिन्छ । यस्तो अवस्थामा रचनात्मक सोंच र कृयाकलाप खटकिनु स्वाभाबिकै हो, जुन हामीले देखिरहेका छौं , भोगिरहेका छौं । यो संस्कार नतोडिंदासम्म देशले यथास्थितिबाट मुक्ति पाउने संभाबना देखिन्न । बिदेशमा राष्ट्रिय जिम्मेवारी लिएका ब्यक्ति आफ्नो पुरानो सामान्य काममा फर्कनु सामान्य कुरो हो, तर हामीकहाँ सांसद मन्त्री बनेपछि आजीवन केही नगरी दुई चार जना आसेपासेलाई अघि पछि लगाएर रबाफका साथ हिंड्ने संस्कार नतोडिंदासम्म यो संस्कार देश बिकासको लागि ठूलो ब्यबधान बनिरहनेछ ।

 

अतस् लोकप्रिय हुन नसक्नु र सभ्य राजनीति गर्न नसक्नाले नेताहरु तीब्र आलोचित त त्यत्तिक्कै बनिरहेका छन नै त्यसमाथि प्रतिकूल बातावरणका बाबजूद सुरक्षा र सुबिधामुखी मानसिकता र संस्कारले थप आलोचित र बिकासका बाधक पनि बनिरहेका छन । गरीब देशका धनी नेताहरु र पार्टीहरुको देशले थाम्न नसक्ने असान्दर्भिक र नसुहाउँदो तडक, भडक र रबाफलाई धनी र बिकसित देशका उपर्युक्त व्याबहारिक संस्कारले प्रतिस्थापन नगरेसम्म देश अगाडि बढन सक्तैन । आदर गर्न लायक नेताहरु खटकिएको बर्तमान अवस्थामा सबै पार्टीभन्दा माथि उठेर सोच्न सकिएन भने नेताहरु बोत्तल फेरिएका पुराना रक्सी बनिरहने भएकोले देशले थेग्न नसक्ने गरीब देशका महंगा नेता र कार्यकर्तालाई सही दिशामा ल्याउन हाम्रो सोंच पनि फराकिलो बनाउनै पर्छ । लेखक श्रेष्ठ लुम्बिनी–कपिलवस्तु विश्व अभियान विश्व संयोजक हुनुहुन्छ ।

 

सम्बन्धित खबरहरु