काठमाडौं । आज दिउँसो देखि बनेपामा बस भित्रै एकजना युवती सिरिन्ज आक्रमणको शिकार हुनुपरेको छ । एक सातादेखि सिरिञ्ज आक्रमणका घटना ह्वात्तै बढेका हुन् । एक सातामा एक दर्जनभन्दा धेरै सिरिञ्ज आक्रमणको घटना घटेका छन् । अहिले काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लाहरुमा पनि यसले उग्र स्वरुप लिन थालेको छ । प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको बताएपनि सोमवार दिउँसो १ बजे बनेपामा भएको सिरिञ्ज आंतकले नौलो मोड लिएको हो । काठमाडौंबाट धुलिखेल जाँदै गरेको काभ्रे बस व्यवसायीको बसमा युवतीले एक्कासी गुहार मागिन् ।

१८ बर्षीय युवतीले पाखुरामा धारिलो चिजले घोचेपछि उनी कराईन् । त्यसपछि उनीभन्दा पछाडी बसेका एक युवाले ओर्लन हतार गरेपछि उनलाई आशंकामै स्थानीयले नियन्त्रणमा लिए अनी कुटपीट पनि गरेका छन् । बनेपाको चारदोवाटोवाट गाडी चढेको युवतीले आफूलाई धारिलो चिजले घोचेको बताईन् । प्रहरीले युवासँगै सिरिञ्जले घोचेको आशंकामा बनेपाकै एक युवतीलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवा स्याङ्जाको वालिङको सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक हुन् भने महिला काभ्रेको बनेपामा रहेको प्रगती प्रभात माध्यामिक विद्यालयकी शिक्षिका भएको खुल्न आएको छ ।

पक्राउ परेका शिक्षक तथा शिक्षिका दुबैले आफूहरु सो घटनामा संलग्न नरहेको बताउँदै आएका छन् । सिरिञ्ज आक्रमणको हल्लासँगै आक्रोसित भिडले केही समय अरनिको राजमार्ग अबरोध समेत भएको थियो । अवरोधसँगै प्रहरीले आरोपीलाई इलाका प्रहरी कार्यालय बनेपामा लिएर गएपछि केहीबेर बनेपा तनावग्रस्त भएको थियो । पिडित युवतीको प्रारम्भिक उपचार बनेपामा गरेसँगै सरुवा रोग नियन्त्रण केन्द्र टेकुमा लगेर उपचार सुरु भएको छ ।

सम्बन्धित खबरहरु