काठमाडौं । साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ । गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । ‘यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए । अहिले तीनवटा बस थप गरी एक घन्टा ढिलोसम्म सञ्चालन गर्न थालेका छौँ,’ उनले भने, ‘यो ट्रायलका रूपमा सञ्चालन गरेका हौँ । केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् ।’

साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये चारवटा बस भने लामो दूरीमा सञ्चालन हुन्छन् । बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यो पनि हेर्नुहोस्, विदेशमा गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नदिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन् । विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने, तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता नहुने भएका कारण उनीहरुको भविष्य संकटमा पर्ने गरेको छ । वार्षिक करिब ६ हजार नेपाली विद्यार्थी हचुवाको भरमा विदेश लगिन्छन्, उनीहरुमध्ये थोरैले मात्र इन्जिनियरिङ अध्ययनको अवसर पाउँछन् । विषेश गरी भारतमा सञ्चालित विश्वविद्यालयले यस्ता विद्यार्थी लैजाने गरेका छन् ।

एमबीबीएस अध्ययन गर्न विदेश जानेका लागि नेपाल मेडिकल काउन्सिलले परीक्षा लिने गरेको छ । मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएका मात्रै विदेशमा एमबीबीएस पढ्न जाने व्यवस्था छ । नेपाल इन्जिनियरिङ काउन्सिल भने मूकदर्शक बनेको सरोकारवालाको आरोप छ । कुनै मापदण्ड र परीक्षाबिना नै इन्जिनियरिङ विषयमा अध्ययन गराउन विदेश लगेको विषयमा नेपाल समाचारपत्रसँग कुरा गर्दै नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्ली निरौलाले इन्जिनियरिङ शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेको र ऐन आएपछि नियम बनाएर परीक्षा लिनैपर्ने व्यवस्था गर्ने उहाँले बताउनुभयो । अध्यक्ष निरौलाले भन्नुभयो, ‘हचुवाको भरमा विदेशमा इन्जिनियरिङ अध्ययन गर्दा समस्या देखिएको छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सम्बन्धित खबरहरु