काठमाडौ । नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको शिक्षक सेवा आयोगको अध्यापन अनुमतिपत्रको फाराम पेस गर्ने समय थप गरिएको सूचना जारी गरेको छ । यस आयोगको निर्णयानुसार अध्यापन अनुमति पत्रको साधारण दस्तुर तिरी अनलाइन फाराम पेस गर्ने अन्तिम मिति २०७४–०३–२९ गते रातको १२ः०० बजेसम्म र दोब्बर दस्तुर तिरी पेस गर्ने म्याद २०७६–०४–०५ गते रातको १२ः०० बजेसम्म थप गरिएको हो ।

सोबमोजिम २०७६ साल असार २९ गतेसम्म दरखास्त फाराम पेस गरी बैंक भौचर लिएका उम्मेदवारहरूले २०७६–०४–०५ गते बैंकिङ समयसम्म र २०७६–०४–०५ गतेसम्म बैंक भौचर लिएका उम्मेदवारहरूले २०७६–०४–१० गते बैंकिङ समयसम्म रकम दाखिला गरी विधिवत अनलाइन फाराम पेस गर्न सक्ने व्यवस्था गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचना सबैका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु