एजेन्सी । अष्ट्रेलियाका बन्यजन्तु अधिकारीले केही दिन अघि फेला परेको तीन आँखे सर्पको तस्वीर सार्वजनिक गरेका छन् ।

‘नोर्दन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिस’ले इन्टरनेटमार्फत सार्वजनिक गरेको तीन आँखे सर्पलाई अद्भूत मानिएको छ ।

यसलाई विश्वकै मानिसले लक्की (भाग्य) को पहिलो स्वरुप मान्दछन् । यि सर्पलाई साक्षत नाग देवतापनि मानिन्छ । यसलाई देख्नेको भाग्य चम्किने विश्वकै मानिसको विश्वास रहेको छ ।

उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको मोन्टी पाइथन नाम दिइएको यो तीन आँखे सर्प नाग प्रजातिको हो । तर, भेटिएको केही सातामै सर्प मरेको थियो । विज्ञले सर्पको टाउकोमा रहेको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको हुन सक्ने औंल्याएका छन् ।

पन्ध्र इन्च लामो सर्पलाई अनौठो टाउकोका कारण खान समस्या परेको बताइएको थियो । सर्पको एक्सरे गर्दा दुईटा टाउको भने नजोडिएको देखिएको थियो । एउटै टाउकोमा रहेका तीन वटै आँखा देख्न सक्ने थियो ।

 

सम्बन्धित खबरहरु