बीबीसी । माग्नीनीले ओलम्पिक र विश्व च्याम्पियनशीपमा पदक जितेका छन् । अहिले उनी चम्किरहेका छन् । इटलियन फिलिप्पो माग्नीनीले आइतवार डुब्दै गरेका एन्ड्रिया बेनेडेट्टोलाई बचाएपछि उनको तस्वीर सर्वत्र फैलिरहेको छ । यदि तपाइँ समुन्द्रमा पौडी खेल्दा गहिराइमा जान चाहनुहुन्छ भने नजिकै ‌‍ओलम्पिक पौडी खेलाडी छन् भने पक्कै सहज होला। डुब्न लागेका व्यक्तिको साथीहरूले काला सिनजियास बिचमा गुहार मागेपछि पूर्व विश्व च्याम्पियन माग्नीनी उद्धारका लागि पानीमा पसेका थिए।

माग्नीनीले बेनेडेट्टोको डुङ्गामा उद्धारकर्ताहरू नआइपुगेसम्म टाउकोलाई पानी माथि उठाएर राखिदिए। मैले जे गर्नुपर्ने हो त्यही गरे सन्यास लिइसकेका खेलाडीले भने। दुई दिन अगाडि मात्रै ४५ वर्षीय बेनेडेट्टोले आफ्नो प्रेमीसँग विवाह गरेका थिए। आइतवारको घटनाको सो जोडीको एक साथी र बीबीसी पर्सियनका पत्रकार सोरोस पाक्जाड प्रत्यक्षदर्शी थिए। त्यो जोडी पानीमा तैरिने हावा भरिएको डुङ्गामा बसिरहेको बेला बेनेडेट्टो पानीमा खसेका थिए र चिसो पानीमा आफ्नो स्वास्थ्यस्थितिका कारण उनी पौडिन असफल भएका थिए। हावाले डुङ्गा उडाएपछि बेनेडेट्टोका पतिले उनको टाउको पानीमाथि राख्ने प्रयास गरेका पाक्जाडले बताए।

बेनेडेट्टोले दुई दिन अगाडि मात्रै विवाह गरेका थिए । उनको साथीहरूको गुहार उद्धारकर्ताहरूले सुनेका थिए र डुङ्गामा उद्धारका लागि निस्किएका थिए। तर ३७ वर्षीय माग्नीनी नजिकै थिए र उनी चाँडो सङ्घर्षरत मानिससम्म पुगे। उनलाई गार्‍हो भएको थियो, डराएका पनि थिए, र पानी पिएका थिए, माग्नीनीले इटलीको एक पत्रिकालाई भने। जब मैले उसलाई समातेँ उनी बोल्न पनि सक्दैन थिए।डीआर कङ्गोका विद्रोही नेता युद्ध अपराधमा दोषी ठहर ।

उद्धारपछि बेनेडेट्टोलाई अस्पताल पुर्‍याइएको थियो। जब मलाई होश आयो मैले पहिले मेरो श्रीमानका बारेमा सोचे उनले भने। दुर्घटनाको केही घण्टापश्चात् मैले अस्पतालमा नै मलाई फिलिप्पो माग्नीनीले बचाएको थाहा पाएँ तर मैले उनलाई धन्यवाद भन्न पाइनँ। मसँग उनको सम्पर्क छैन तर उनलाई भेटेर धन्यवाद भन्न चाहन्छु।

माग्नीनी आफ्नो प्रेमिकाका साथ समुन्द्र तटमा थिए। माग्नीनी सन् २००४ को एथेन्स ओलम्पिकमा काँस्य पदक जितेको इटलीको ४×२०० मिटर टोलीका एक सदस्य थिए। उनले सन् २००५ र सन् २००७ मा विश्व च्याम्पियनशीपको १०० मिटर पौडीमा स्वर्ण पदक जितेका थिए।

सम्बन्धित खबरहरु