काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन महाशाखा विघटन भएको छ । सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहमा कर्मचारी समायोजनको कार्य समापन भएसँगै महाशाखा विघटन भएको हो ।

‘कर्मचारी समायोजनको ऐतिहासिक कार्य सम्पन्न भएसँगै महाशाखा विघटन भएको छ,’ महाशाखा प्रमुख केदार पनेरुले भने, ‘आइतबार मन्त्रीज्यूले निर्णय गरिसक्नु भएको छ ।’ महाशाखामा समायोजन अन्तर्गत क र ख तथा सङ्गठन विकास दुवै शाखामा कार्यरत एक सहसचिव, तीन उपसचिवसहित २८ जना कर्मचारीको व्यवस्थापनसमेत भइसकेको उनले बताए ।

तीन जना उपसचिवहरूलाई उद्योग, अर्थ तथा वाणिज्य मन्त्रालयमा पठाइएको छ भने महाशाखा प्रमुख पनेरुलाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित खबरहरु