दाहसंस्कार भइरहेको बेला जनकपुरमा भयो यस्तो डरलाग्दो घटना ! [मलामीको भागाभाग]


काठमाडौं । अन्तिम संस्कारका लागि लगिएको श*व प्रहरीले बीचमै नियन्त्रणमा लिएको छ । धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा आ*त्महत्या गरिन् । उनका परिवारले प्रहरीलाई खबर नगरी श*व जलाउन खोजेपछि यस्तो घटना बाहिर आएको हो । यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै श*व उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको हो । दागबत्ती दिइसकेपछि श*व जल्न सुरु भएको अवस्थामा प्रहरी पुग्दा मलामीहरुको अचानक भगाभाग भयो । घरदेखि करिब २ किलोमिटर टाढा खेतमा लगेर बालिकाको दाहसंस्कार कार्य भइरहेको थियो । प्रहरीले श*वका साथै घटनास्थलबाट सातजना मलामीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । घटनाबारे जानकारी नै नदिई दाहसंस्कार गरिरहेको सूचना पाएपछि प्रहरीको टोली पुगेर श*व पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कील जानकारी दिनुभयो । उहाँका अनुसार आ*त्महत्या भनिए पनि छिमेकीले घटना शंकास्पद रहेको जानकारी गराएपछि प्रहरीले एक्सन लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिकसत्रदेखि नयाँ विषय पढाउने
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर