आउँदो असार ३१ गते यस वर्षकै उत्तम दिन, कुन राशि भएका के गर्ने थाहा पाउँनुहोस्


काठमाडौं । आउँदो असार ३१ गते अन्य दिनहरु भन्दा केही फरक हुने देखिएको छ । उक्त दिन आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । ३ः१५ मा ग्रहणको मध्यकाल हुने बताइएको छ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने पोखरेलले जनाउनुभयो । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागि कष्टकर हुने शास्त्रीय विश्वास रहँदै आएको छ । यी दुई राशीले ग्रहण हेर्नु हुँदैन भन्ने मान्यता रहेको छ । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशी हुनेले पनि ग्रहण हेर्नु नहुने उल्लेख गरिएको छ । कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न सक्नुहुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम तत्काल भर्न त्रिविको अत्यन्तै जरुरी सुचना
पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका
त्रिविद्धारा परीक्षाको तालिका (रुटीन) सार्वजनिक [तालिकासहित हेर्नुहोस्]
स्नातकोत्तर तह दोस्रो वर्षका मौका समेतका परीक्षार्थीहरूको देशभरीका परीक्षा केन्द्र [सूचीसहित]
फारम भर्ने सम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता