काठमाडौ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमफिाइनल अन्तर्गत भारत विरुद्धको खेलमा न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरमा जारी छ । जारी खेल अहिलेसम्मकै रोचक बनेको छ । अहिले खेल बर्षाका कारण प्रभावित भएको छ । अहिलेसम्मको न्यूजिल्याण्डले ४६ दशमलव १ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै २११ रन जोडेको छ ।

हालसम्म भारत–न्यूजिल्याण्डबीच १०६ खेल भएका छन् । जसमा ५५ खेलमा भारत र ४५ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । पाँच खेलको भने नतिजा आएन । यी दुई टिमबीच २००३ को विश्वकपपछि पहिलो पटक भिड्दै छन् । जारी विश्वकपमा भारतले ९ खेलमा जीत हासिल गरेको छ । उसले एक खेलमा हार बेहोर्दा एक खेल वर्षाकाकारण अंक बाँडेको थियो ।

यता न्यूजिल्याण्डले ९ खेलमा ५ खेलमा विजयी हात पारेको छ । तीन खेलमा भने उसले पराजय भोग्यो । न्यूजिल्याण्डले भारतविरुद्धको खेलमा पानी पर्दा अंक बाँडेको थियो । यस्तो हुनसक्छ पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डको प्लेइङ– ११

भारतको प्लेइङ–११ः रोहित शर्मा, लोकेश राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, महेन्द्रसिंह धोनी, रविद्र जडेजा, युजवेन्द्र चहल र जसप्रित बुमराह ।

न्यूजिल्याण्डको प्लेइङ–११ः मार्टिन गुप्टिल, केनरी निकोलश, केन विलियम्सन (कप्तान), रस टेलर, कोलिन डी ग्राण्डहोम, टम लाथम, लकी फर्गुसन, जेम्स नीशम, ट्रेन्ट बोल्ट, मिशेल सान्टनर र ईश सोधी। Click Watch LIVE

सम्बन्धित खबरहरु