नयाँ दिल्ली । तीन किसान, जसले बर्षमा दुई करोड कमाउँछन् । खडेरी, वेमौषमी वर्षा, बजार भाउँको उतारचढाब, बैकिङ ऋणको कठिनाई आदि जस्ता कारणले प्रायः संकेत गर्दछ कि किसानहरु अत्यन्त दुःखी छन् । सायद यही कारणले कुनै पनि आमाबुवाले आफ्नो छोराछोरीलाई किसान बनाउन चाहँदैनन् । बरु उनीहरुलाई मेडिकल वा कानुन क्षेत्रमा लगाउछन् । तर, श्रम गर्नेहरुका लागि किसानी पेसा विलकुल डाक्टर, इन्जिनियरको भन्दा लोभलाग्दो पनि छ ।

किसानहरु मानसिक र आर्थिक रुपमा अब्बल हुन सक्छन्, यति श्रममा विश्वास गर्ने हो भने । यसका उद्हारण हुन भारतका यी पाँच किसान । जसले सामान्य जीवनलाई संघर्षले मनग्य आम्दानी गर्दैछन् । प्रमोद गौतम : प्रमोद, पुर्व मोटरसाइकल इन्जिनियर हुन । उनी सन् २००६ मा किसानी क्षेत्रमा प्रवेस गरे । उनको कृषि कर्मले अहिले वार्षिक करोडौको कारोबार गर्छ । मोटरसाइकल इन्जिनियरिङ तर्फ सन्तुष्टि नलागेपछि उनी खेती तर्फ ढाले ।

सुरुमा उनले धेरै चुनौतीहरुको सामना गरे । उनले सुरुमा बदाम र अदुवा खेती गरे तर त्यसमा कुनै पनि मुनाफा पाएनन् । तर, श्रम गर्न छाडेनन् । अरु मेहनत अझै बढाए । श्रमिकहरुको शहरको कारखानाप्रतिको मोहले गाउँमा कृषि कर्म गर्ने कामदार भेट्न गाह्रो परेको थियो । त्यसपछि आधुनिक खेती तर्फ लाग्ने निर्णय गरे जस्मा श्रमिकहरु आवश्यकता धेरै पर्दैनथियो । २००७/२००८ मा उनले आफ्नो पुरै खेती बागवानीमा सारे । उनले सुन्तला, अम्बक, कागती, केरा र दालको खेती गरे । प्रमोदले आफ्नै मिल पनि सरु गरे । उनले अहिले मिलबाट वार्षिक १ करोड र बागवानीबाट वार्षिक १४ लाख कमाउछन् ।

सचिन काले : प्रमोद जस्तै सचिन पनि मेकानिकल इन्जिनियर हुन । नागपुरका उनले सुविधासम्पन्न जीवन जिउँदै आएको गोरगाउँ छाडे । एउटा निजी कम्पनीमा म्यानेजर भएर बर्षमा २४ लाख कमाउने गर्थे । उनले सन् २०१३ मा सो जागिर छाडेर कृषि तर्फ फड्को मारे । सचिनले भने, ‘हरेक कुरामा चुनौति छ, कृषिमा के कस्तो अवसर छ वा हरेक कुराबारे थाहाँ थिएन र सिक्दै जानुथियो । बिउँविजनबारे अध्ययन गर्नु थियो ।’

सचिनले १५ बर्ष काम गरेबापत पाएको संचयकोषको रकम कृषिमा लगानी गरे । उनको फार्म हाउसले दिन दुई गुणा रात चौगुणा मुनामा गर्न थाल्यो । सचिनले सन् २०१४ मा आफ्नै कम्पनी खाले । उनको इनोभेटिभ सोलुसन प्रा।लि।को सुरुवात गरे । उनको त्यो कम्पनीले किसानका फाइदाकालागि फार्मिङ मोडेल तयार पारे । अहिले उनको फार्मिङले १३७ सुखी किसानलाई करिव २०० एक्कड जग्गामा खेति गर्न मद्यत गर्छन र बार्षिक २ करोड कमाईरहेका छन् ।

हरिष धानदेव : अर्का भारतीय किसान हुन हरिस । उनले त झन सरकारी जागिर नै छाडे । सरकारी जागिर छाडेर उनले एलोभेरा फार्मिङको सुरुवात गरे राजस्थानमा । यो पेशाले सोचेभन्दा निक्कै ठूलो सफलता हात पारे । कमाई करोडमाथि पुर्याए ।

उनलाई एक पटक यस्तो सोच आयो कि आफ्नो पूख्यौली भूमि जैसलमरमा खेती गर्ने । त्यसपछि माटो विभागमा माटो परिक्षण गर्न गए । तथापि, हरिषले आफ्नै अनुसन्धानबाट माइ एग्रीगुरु जस्ता स्रोतहरूको माध्यमबाट किसानहरूलाई देशका कृषि विशेषज्ञहरूसँग जोड्न विचार गरे । उनीहरुवीच एकअर्कामा शेयार आदानप्रदान गर्नेबारे सोचे । हरिशले यो पत्ता लगाए कि अनलाइन पोर्टलहरूबाट राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा ल्याउन सकिन्छ । यसै कामबाट हरिशले प्रारम्भिक मै ८० हजार बिउँहरु बेचे । छ महिनामा सात लाखको विरुवा विक्री गरे ।

यसै पेसालाई उनले विस्तारै विस्तार गर्दै लगे । काम गर्नेलाई उचित सेवासुविधा बढाउँदै लगे । गाउँमा भएपनि उनको विरुवा अनलाईनबाटै विक्री हुन थाल्यो । एलोभेरा पनि राम्रै दाममा विक्री हुन थाल्यो । अहिले उनको कम्पनीले बार्षिक डेढदेखि दुई करोडसम्म कमाउँछ । साभार : दी बेटर इन्डिया

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु