काठमाडौं। केही दिन यता पूर्व युवराज्ञी हिमानी शाहले लेखेका स्टाटसले सवैको ध्यान केन्द्रित गरेको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा निकै भावूक र मर्मस्पर्शी भनाइ राख्दै आएकी छिन् । मंगलबार उनले लेखेको एक स्टाटसले सबैको ध्यान खिचेको छ ।

उनले श्रीमान्लाई केन्द्रीत गरेर लेखेको स्टाटसको खुबै चर्चा छ । उनको यो गम्भीर भनाइलाई लिएर उनका फ्यानहरुले विभिन्न क्रिया प्रतिक्रिया जनाएका छन् । १२ हजार भन्दा बढीले लाईक गरेका छन् भने ४ सय ४० बढी कमेन्ट गरिएका छन् । त्यस्तै ५ सय बढीले सेयर गरेका छन् ।

हिमानीले लेखेको स्टाटसमा केहीले प्रेरणादायी ओजस्वी वचनका लागी साधुवाद लेखेका छन् भने केहीले सत्य वचनको हार्दिक स्वागत, हार्दिक शुभकामना समेत लेखेका छन् । उनको लेखाई आफ्ना श्रीमान् पारस शाहप्रति केन्द्रीत त हैन भन्नेपनि लेखिएको छ ।

पारस राम्रो छवि नभएको भन्दै आलोचित पात्र रहेका बेला उनको स्टाटसलाई निक्कै अर्थपूर्ण तरिकाले हेरिएको छ । त्यसो त केही दिन अघि उनकी छोरी पूर्णिका शाहले पनि हजुरबुबा अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर मनछुने कविता समेत लेखेकी थिइन् । उनका केही स्टाटस यस्ता छन् ।

सम्बन्धित खबरहरु