काठमाडौं । ठुलो उमेर अन्तर भएपनि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको जोडी दर्शकलाई खुबै मन परेको थियो । तर अहिले बाहिर आएको खबरले सबैलाई चकित बनाएको छ । श्रीमान विरूद्ध पत्नी पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएको खुल्न आएको छ । उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेको बताइएको छ । तर उनीहरुले विवाहबारे खुलेर कहिल्लै भन्न चाहेका थिएनन् । तर, गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए । उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ । उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ । तपाईलाई जानकारी गराउँ शिल्पाको पनि यो दोस्रो विवाह हो । श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी छिन् ।

सम्बन्धित खबरहरु