काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गो*लीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराउनुभएको छ । बुधबार बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले त्यस घटनाबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गो*ली प्रहार गरेपछि घटना भएको हो ।

‘प्रहरी जवान सञ्जिव राईको छातीमा गो*ली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गो*ली लाग्न पुग्यो’, उहाँले भन्नुभयो । गो*ली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृ*त घोषणा गरेको थियो । त्यस घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गो*ली लागेको समेत खनालले जानकारी दिनुभयो । उहाँले त्यस क्रममा ठूलो चाइनिज पे*स्तोल एक थान, त्यसको म्याग्जिन एक थान र पे*स्तोलमा लाग्ने ६ राउण्ड गो*ली बरामद भएको पनि उहाँले बताउनुभयो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार हति*यारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा बुधबार ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा घटना भएको र घटनामा अन्य दुई जना प्रहरी जवानसमेत घाइते भएको जनाएको छ । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । विप्लव समूहका अन्य चार–पाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित खबरहरु