ढल थुनिएपछि दिसाले भरियो काठमाडौँ खाल्डो, दुर्गन्धले महामारी फैलिने त्रास


काठमाडौ । काठमाडौँ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि डुबानमा परेको छ । महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुई कोठे भवन भत्काएका थिए । भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो ।

तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो । सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो । ढलको पानी थुनिएर दर्जनौँ कार्यालय र पसल रहेका भवनमा भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ । दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सेफ स्कुल जोन, नेपाल – एउटा नयाँ अवधारणा
चार लाखमा गोल्ड मेडल खरिद–बिक्रि गर्ने ८० हजार धरौटीमा छुटे
त्रिविद्धारा स्नातक तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक तह प्रथम वर्षको परीक्षा सम्बन्धि विशेष सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा आवेदन फारम भर्न समय थपिएकोबारे अत्यन्तै जरुरी सुचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर