भोजपुर गो*लीकाण्ड : मर्नुभन्दा पहिले दाजुभाई भन्दै चियाको चुस्की लगाउँदै थिए नीरकुमार–सञ्जीव


काठमाडौं । सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए । प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने–जाने गरिरहेका थिए ।

 

बुधबार पनि बिहानै आएर अरु मान्छेसँग ‘हाईहेल्लो’ गरिरहेका थिए । करिब ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’ सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । के गर्नु र ?’ सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्किन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते ।

‘गफ गरौँ, तपाईं कहाँ जान लागको ? अहिले अरु साथी आउँदै छन् ।’ सञ्जीवको भनाई उद्धृत गर्दै प्रत्यक्षदर्शीले सुनाए । दुवैबीच तानातान भयो । तानातानकै क्रममा नीकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गो*ली प्रहार गरे । त्यति नै बेला सादा पोसाकमा हातहति*यारधारी प्रहरी पनि घटनास्थल आइपुगे । प्रहरीले पनि नीरकुमारमाथि गो*ली प्र*हार गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा केन्द्रबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
परीक्षालाई लिएर यस्तो आयो त्रिविको नयाँ जानकारी [सुचनासहित]
शिक्षामन्त्रीका १९ महिना : ३६ काम
पढेको कुरा हुबउ याद गर्नको लागि यी ५ तरिका अपनाउँनुहोस्
परीक्षा तालिका सरेकोबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल


सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी