काठमाडौ । नेपाल सरकार जनकपुर भन्सार कार्यालयले विभिन्न ब्राण्डका ३ सय ६१ वटा सवारीसाधनहरु लिलामी गर्ने भएको छ ।

बिक्री गर्ने सवारीसाधनहरुमा मोटरसाइकल धेरै मात्रामा छन् । जहाँ ब्राण्डेड बुलेट बाईक देखि सामान्य सम्म छन् भने कार, जीप, बोलेरो जीप लगाएतका छन् ।

बुधबार सुचना निकाल्दै तीन सय ६१ आइटमहरु लिलामीमा बिक्री गर्ने गरि इच्छुन नेपाली नागरिक तथा नेपाली फर्महरुबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

दुई खण्डमा प्रकाशित भएको एक्त सूचनामा पहिलो खण्डमा १ सय ८१ आइटम तथा दोस्रो खण्डमा १ सय ८० आइटम राखिएको छ भने इच्छुक नेपालीहरुले सूचना प्रकाशित भएको २१ दिन भित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।

आफुले इच्छाइएको सवारीको कबोल गरेको रकमको १० प्रतिशत् रकम को.लो.नि.का. धनुषा षखाको धरौंटी खाता नं. १२२०२०३०००००० राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखामा कार्यालयको कोड नं. ३०५०२१७०१ राखी जम्मा गरेको भौचर सक्कलै भौचर बुझाउनु पर्ने जनाएको छ ।

सवारी साधनहरु हेर्न वा थप जानकारी लिनु परेमा हरेक हप्ताको शुक्रबार दिनको १५ः०० बजे देखि १७ः०० बजेसम्म सम्पर्क गर्न सकिने छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु