काठमाडौ । सामान्यतया एउटा गुनासो सधैं हुने गर्छ कि सरकारी कर्मचारी सेवाग्राहीलाई टेर्दैनन् । स–साना कुरामा पनि असाध्यै दुःख दिन्छन् । न समयमा सेवा दिन्छन् न त व्यवहार नै राम्रो हुन्छ । अधिकांश सरकारी सेवा लिन जानेहरूको साझा गुनासो हो । तर जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले मङ्गलवार साँझ केही फोटाहरू आफ्नो फेसबुकमा पोस्ट गर्नुभयो ।

सेवाग्राहीलाई दुई हात जोडी मुस्कुराउँदै नमस्कार गरेकोदेखि सेवा दिँदै गरेको, छुट्टा छुट्टै र सामूहिकरुपमा अँगालो हालेको र सोफामा बसाएर चिया पिलाएकोसम्मका दृश्यहरूले निजामती कर्मचारीमाथि लाग्ने गरेका आक्षेपहरूबारे सोच्न बाध्य बनायो । यससँगै मनमा केही प्रश्न पनि उब्जायो के साँच्चिकै प्रजिअ बन्जाडेले हरेक सेवाग्राहीलाई प्रत्येक दिन यसरी नै सेवा प्रवाह गर्दै आउनुभएको छ त ? यदि उहाँको शैली नै यही हो भने यो निक्कै प्रशंसा योग्य छ । छानबिन गर्ने र मूल्याङ्कन गर्ने जिम्मा उनै जुम्लावासी जनतालाई ।

उहाँले लेख्नुभएको छ । “जिल्ला प्रशासन कार्यालय जुम्ला “ सार्बजनिक सेवा प्रवाह गर्ने क्रममा कार्यालयमा भेट भएका केहि पात्रहरुले विगतमा पनि मेरो मनमै छाप बसाएका थिए| त्यस्ता मनमा बस्नेहरू कोहि मनको पानामा मात्र सीमित रहे भने कोहि डायरीको पानामा….. मन र डायरी दुवै हुदै फेसबुकको वालमानै सजाउन मन लागेका यी सुन्दर पात्रहरूका एक दिन खिचीएका तस्बिरहरु… यस्तै-यस्तै सुन्दर मानवहरूको पनि कारणले होला मलाई जुम्लाको अविछिन्न पाँच महिनाको बसाई पनि अत्यन्तै कम र उत्साहजनक लाग्दै दिनहरू वित्दै छन । #~ नतमस्तक छु -सम्पूर्ण आदरणीय मनप्रति ~#

सम्बन्धित खबरहरु