काठमाडौ । वर्षायामसँगै अहिले सबै तिर रोपाइको चाटारो पर्ने गर्छ । यस वर्ष अलिक ढिला गरेर वर्षा भइरहेका कारण पनि रोपाई ढिला भएको धेरैको बुझाई रहेको छ । सामान्यतया असार महिनाभित्र रोपाईको काम सम्पन्न गर्ने गरिएको भए पनि पछिल्ला वर्षहरुमा यो सम्भव भएको छैन ।

रोपाइको समयमा अनेक कुराहरु देख्न पाइन्छ । काम गर्दै गरेको समयमा अचाक वर्षा हुने भएकाले मानिसहरुले प्लाष्टिकको ओड्ने बनाउँछन । तर त्यो काम गर्दा सहज नहुने र पहिले पहिले गाउँमा प्लाष्टिक नभएको समयमा हाम्रो पुर्खाले वर्षाबाट बच्नको लागि बनाएको यसलाई स्याँघु भनेर भन्ने गरिएको छ ।

दुर दराजका गाउँहरुमा अहिले पनि यो प्रचलनमा रहेको छ । यो बाँस, निगालोको चोया अनी साल लगायतका पातहरु राखेर अति विशिष्ट तरिकाले निर्माण गरिएको हुन्छ । पूर्वी नेपालतिर यसलाई घुम भनेरपनि चिनिन्छ ।

सम्बन्धित खबरहरु