काठमाडौ । हामीले बाहिरबाट हेर्दा चीन विज्ञान र प्रविधिका क्षेत्रमा धेरै अगाडी छ । तर चीनको कृषि क्षेत्र पनि उत्तिकै विकसित छ । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको चीन खाद्य लगायतका सम्पुर्ण कुराहरु उत्पादका क्षेत्रमा अगाडी छ । अहिले चीनमा १८ औं चाङ्गचुन कृषि र खाद्य एक्सपो तयारी सुरु भइरहेको छ । यो एक्सपो अगस्त १६ देखि सञ्चालनमा आउँने अधिकारीहरुले बताएका छन् ।

चाङ्गचुन कृषि–एक्सपोमा कृषकहरुले आफ्नो उत्पादन प्रदर्शन गर्ने भएका छन् । आज हामी तपाइलाई चीनको फर्सि देखाउन गइरहेका छौ । तस्बिरमा देखिएका फर्सिहरुसँगै अन्य केही फर्सिहरु एक्सपो सञ्चालन हुँदा सम्म ५०० किलोग्राम सम्म पुग्ने बताइएको छ । यी र यस्तै उत्पादनहरुलाई एक्सपोको समयमा प्रदर्शन गरिनेछ ।

सम्बन्धित खबरहरु