काठमाडौ । रोकिएर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतका कर्मचारी तथा चिकित्सकहरुले समायोजनको पत्र पाउँन थालेका छन् । स्वास्थ्य समूहका विभिन्न तहका २५० बढी कर्मचारीको समायोजन आज टुंग्याएको छ । मन्त्रालयले थोरै संख्यामा रहेका विभिन्न उपसमूहका कर्मचारीको समायोजन टुग्याएको हो । मन्त्रालय स्रोतका अनुसार मंगलबार सचिवस्तरीय निर्णयपछि चौथो देखि दशौँ तहसम्मका २५० बढी कर्मचारीको पत्र आजबाट वितरण शुरु गरिएको हो ।

‘नवौँ र दशौँ तहका आर्युवेद, हेल्थ इन्सपेक्सन, हेल्थ एजुकेसन, फार्मेसी, नर्सिङ्ग समूहका कर्मचारीहरुको समायोजन भएको छ । अरु तहको कर्मचारीमा पनि स सना उपसमूहमा रहेका कर्मचारीहरु परेका छन्,’ मन्त्रालयले स्रोतले भन्यो । मन्त्रलयले समायोजन पत्र वितरण गरे लगत्तै उनीहरुलाई पदस्थापनको पत्र उपलव्ध गराइने बताएको छ ।

सम्बन्धित खबरहरु