काठमाडौ । अहिले चारै तिर चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको चर्चा भइरहेको छ । शिल्पाले आफुमाथि हरेलु हिंसा भएको भन्दै उजुरी गरेपछि आज दुबैजना प्रहरीकोमा गएर मेलमिलाप गरेर आएका छन् । झण्डै १ घण्टा लामो भएको छलफलमा छविले शिल्पासँग माफि मागेको बताइएको छ ।

उनले सञ्चारकर्मीसँगको कुरामा आफुले आफ्नी श्रीमतीसँग व्यबहार गरेको हुनाले यसलाई ठुलो रुपमा नलिन भनेका छन् । एउटा परिवारमा सामान्य झै–झगडा हुनु स्वभाविक भएको भन्दै आफुले कानको जाली फट्ने गरि हानेको भनेर गरिएको हल्ला गलत्त भएको जानकारी दिए । उनले आफुले शिल्पालाई सधै स्वागत गर्ने र डिर्भोस नदिने स्पष्ट पारेका छन् । आफुले माया गरेको र प्रेम बिबाह गरेकाले शिल्पालाई जहिलै माया गर्नेपनि बताए ।

शिल्पालाई बाहिरी व्यक्तिहरुको कुरा सुनेर भविष्य अन्धकार नबनाउन अनुरोध गरेको पनि उनले जानकारी दिएका छन् । एक फरक प्रशंगमा यस्तो स्थित आउन सक्छ भनेर उनकी पूर्वपत्नी नायिका रेखा थापाले एक हप्ता पहिले नै जानकारी दिएको पनि छविले स्वीकार गरेका छन् । शिल्पासँग छविको यो चौथो विवाह हो । उनले उमेरका कारण सम्बन्धमा असर नपर्ने भन्दै आफ्ना मातापिताको विवाह गर्दाको अन्तर पनि २५ वर्षको भएको जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु