काठमाडौं । हिन्दु नेपाली नारीहरुको महान तीज नजिक आउँदैछ । यो बीचमा अहिले नेपाली बजारमा तीजका गीतहरु पनि आउन थालेका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि सबैले आ–आफ्ना तीज गीत बजारमा ल्याउने तयारी गर्दैछन भने केहीले ल्याएका पनि छन् ।

यो भिडमा राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहोरी गायिका माननीय कोमल वलीको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक गर्नुभएको छ । चर्चित गीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा गायिका कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘शरद’ले स्वर दिनु भएको छ ।

निर्देशक तथा कोरियोग्राफर पवित्रा आचार्यले निर्देशन गरेको सार्बजनिक म्युजिक भिडियोलाई रामेश्वर कार्कीले छायांकन गर्नुभएको हो । गीतले दिदी बहिनी बीचको प्रेमको महत्व उजागर गरेको छ । साथमा मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ ।

वली दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा अभिनय पनि गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांसद भएपछि उहाँले विगतमा वर्षहरुमा आएका जस्ता गीतहरु भन्दा यो वर्ष केही फरक गीत ल्याएर आउँनु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु