भारतका पूर्वविदेश सचिवले सुटुक्क प्रचण्डलाई भेटे, सरकार परिवर्तन ढुक्क भनेपछि खैलाबैला


काठमाडौ । अहिले सरकारको नेतृत्व फेरबदल गर्ने कुराले चर्चा पाइरहेको छ । यो बीचमा भारतका पूर्वविदेश सचिव श्यामशरणले काठमाडौं आएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि पछिल्लो समय बालुवाटारमा खैलाबैला मच्चिएको रहस्य खुल्न आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार असार दोस्रो साता श्यामशरण दिल्लीबाट काठमाडौं झरेका थिए । उनी नेकपा अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटघाट गरेको बताइन्छ । प्रचण्डसँग कुराकानी गरेर उनी दिल्ली फर्किएका छन् । प्रचण्ड र श्यामशरणको यो ‘गोप्य’ भेटबारे प्रधानमन्त्री ओलीले केही दिनसम्म सुइँकोसमेत पाउनु भएको थिएन ।

नेपालका मामिलामा खुब चासो राख्ने पूर्वभारतीय राजदूत श्यामशरणको आवागमन र भारतीय राजदूत मञ्जिवसिंह पुरीसँगले पनि प्रचण्डसँग भेटघाट थालेपछि प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रसँग छलफल सुरु गरेको विशेष स्रोतले बताएको छ । यही छलफलपछि प्रधानमन्त्रीको ‘कोर’ टिमका सदस्यद्वय विष्णु रिमाल र राजन भट्टराईले सरकारविरूद्ध भित्री बाहिरी शक्तिहरूले चलखेल गरेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस समेत राखेको खुलेको छ ।

एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकाल सम्पूर्ण रूपमा भारतविरोधी थियो, भारतले त्यो कुरालाई आफ्नो प्रतिष्ठासँग जोडेको हुनुपर्छ, त्यसैले पनि भारतीयहरू अर्का अध्यक्ष प्रचण्डजीसँग नजिकिएका हुन् । भारतीय तकारीमा विषादी परीक्षण गर्ने विषयमा विभिन्न मन्त्रीले गरेका फरक–फरक कुरा र भारतीय पत्रबारे प्रधानमन्त्रीले सार्वजनिक रूपमा बोलेको कुरा पनि अहिले आएर यी भेटघाटसँग जोडिन पुगेको छ । अहिले धेरैले प्रधानमन्त्री ओलीले सहजै सत्ता नछोड्ने देखेपछि अर्का अध्यक्ष प्रचण्डले भारतीय षडयन्त्रमा काम गर्न थालेको आंकलन गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सेफ स्कुल जोन, नेपाल – एउटा नयाँ अवधारणा
चार लाखमा गोल्ड मेडल खरिद–बिक्रि गर्ने ८० हजार धरौटीमा छुटे
त्रिविद्धारा स्नातक तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक तह प्रथम वर्षको परीक्षा सम्बन्धि विशेष सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा आवेदन फारम भर्न समय थपिएकोबारे अत्यन्तै जरुरी सुचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर