डिएसपी सापकोटाको गोदावरीमा पहिलो एक्सनः एकै दिन २२ भाआईपी जुवाडे पक्राउ


ललितपुर । राजधानी काठमाडौसँगै जोडिएको जिल्ला ललितपुरको गोदावारी क्षेत्र नामी जुवा अड्डाको रुपमा चिनिन्छ । त्यहाँ हरेक प्रहरी प्रशासनको आँखा पुग्छ । अहिले त्यहाँ डिएसपी फेरिएका छन् । नेतृत्व फेरीएको प्रहरीले ४ लाख ५७ हजार ६ सय ८५ नगद सहित २२ जना भिआईपी जुवाडेलाई पक्राउ गरेको छ ।

ललितपुरको टाहाखेल र सुनाकोठी क्षेत्रमा रहेका जुवा अखडाबाट उनीहरुलाई जुवा खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृण सापकोटाको टोलीले २२ जनालाई नगदसहित प्रकाउ गरेको हो । सापकोटा एकहप्ता अगाडि मात्र चापागाउँ वृत्तको नेतृत्व सम्हालेका डिएसपी हुन् ।

बिहीबार बेलुका ललितपुर महानगरपालिकाको सुनाकोठीको ओखट भन्ने स्थानबाट नगद ४७ हजार ९ सय ३० सहित ८ जनालाई पक्राउ गरेको डिएसपी सापकोटाको भनाई छ । त्यसैगरी गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलमा अजय तामाङले सञ्चालन गरेको मिनिभ्यू कटेज एण्ड बारमा ५ लाख ९ हजार ७ सय ५५ नगद सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनाकोठी ओखटबाट पक्राउ पर्नेहरुमा अदिप राई, अशोक राई, दीपेन्द्र राई, मान बहादुर श्रेष्ठ, अनुप नगरकोटी, जीवन लामा, रेन्जी शेर्पा र दीप तामाङ रहेको छन् । त्यस्तैगरी गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलबाट पक्राउ पर्नेहरुमा कृष्णचन्द्र देशार, सन्चलाल पाख्रिन, सन्तोष बजगाई, राजु तामाङ, विजय तामाङ, नारायण भोम्जन तामाङ, झलक तामाङ, विषे तामाङ, कान्छा तामाङ, रवि महर्जन, कुमार भोम्जन, हेम बहादुर तामाङ, अजय तामाङ र आशा तामाङ रहेका छन् ।

गत असार २३ गते ललितपुरको गोदावरी क्षेत्रमा रहेको वृन्द्राबन सिसोर्टबमा जुवा खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रको टोलीले ७ जनालाई ११ लाख नगदसहित प्रकाउ गरेको थियो । उनीहरुले मोबाइल टीम बनाएर कहिले काठमाडौ त कहिले ललितपुरमा जुवा खेल्ने गरेको प्रहरीलाई प्रारम्भिक बयानबाट खुल्न आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिकसत्रदेखि नयाँ विषय पढाउने
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर