ओली सरकारलाई माधब नेपालको झटारो : प्रविधिको अभाव देखाएर विषादी परीक्षणबाट भाग्न मिल्दैन


काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार माधवकुमार नेपालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई झटारो फ्यालेका छन् । उनले भारतबाट आयातीत तरकारी र फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयको विरोध गरेका हुन्। पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर हुन सरकारलाई आग्रह गरे।

उनले सरकार विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने बताए। कर्मचारी र प्रविधि अभावलाई देखाएर जनतालाई विषादीयुक्त खाद्यान्न उपभोग गर्न सरकारले बाध्य बनाउन नहुने उनको तर्क थियो। ‘सरकारले खाद्यान्न र तरकारी फलफूलमा विषादी नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्छ’, उनले भने, ‘कर्मचारी र प्रविधिको अभाव देखाएर जनतालाई विषादीयुक्त खाद्यान्न उपभोग गर्न बाध्य बनाउनु हुँदैन।

नेता नेपालले विषादी परीक्षणको नगर्ने निर्णयमा पुर्नविचार गर्न समेत सरकारलाई आग्रह गरे। उनले कासैको दाबाबका अगाडि नझुक्न समेत सरकारलाई आग्रह गरे। उनले भने, ‘देशभित्र भित्रने सामान विषादीयुक्त छ कि छैन भन्नेमा हामी पहिला विश्वस्त हुनुपर्छ, कसैको दबाब सामु झुक्नु जरुरी छैन।’

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिकसत्रदेखि नयाँ विषय पढाउने
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर