काठमाडौ । शिक्षक सेवा आयोगले आज बिहानै खुला तर्फ प्राथमिक तहको नतिजा प्रकाशित गरेको छ । आज आयोगले सूचना जारी गर्दै खुला तर्फ प्राथमिक तहको स्याङजा जिल्ला, खुला तर्फ प्राथमिक तहको कास्की जिल्ला, खुला तर्फ प्राथमिक तहको रसुवा जिल्ला, खुला तर्फ प्राथमिक तहको मकवानपुर जिल्लाको नतिजा प्रकाशन गरेको हो । योसँगै ६८ खुला तर्फ प्राथमिक तहको ६८ जिल्लाको नतिजा प्रकाशित भइसकेको आयोगको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ । यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।१३ गते लिइएको प्राथमिक तह,तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६।०३।२६ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यसअघि हिँजो खुला तर्फ प्राथमिक तहको तनहुँ जिल्ला, खुला तर्फ प्राथमिक तहको बारा जिल्ला र खुला तर्फ प्राथमिक तहको लमजुङ जिल्लाको नतिजा प्रकाशन भएको थियो । उक्त सबै नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु