यो हो राजधानी काठमाडौ : ढल थुनिएर दिसा सहितको लेदो घरभित्र पस्न थाल्यो


काठमाडौ । काठमाडौ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ। ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ। महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुईकोठे भवन भत्काएका थिए। भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो। तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो।

सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो।ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ। ढलको पानी थुनिएर दर्जनौं कार्यालय र पसल रहेका भवनका भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ। दुर्गन्धका कारण विभिन्न कार्यालयका कर्मचारी र व्यापारी नाकमुख थुनेर काम गर्न बाध्य छन। दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ। ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ।

निकासका लागि खनेको माटो वर्षाको पानीसँगै त्यही खसेर फेरि ढल प्रवाह अवरुद्ध भएको स्थानीयले बताए। जेटमेसिन लगाएर बुधबार जमेको पानीलाई निकास दिने प्रयत्न गरिए पनि सफलता मिलेन। सोमबार डोजरले केन्द्रीय कारागारको भवन भत्काएर खनेपछि ढल खुलेको थियो। स्थानीयका अनुसा खनेको स्थानमा तत्काल नयाँ पाइप राखेर पुरिएको भए समस्या दोहोरिने थिएन। कामदारलाई पैसा नदिएपछि ढलको काम पूरा हुन नसकेको एक स्थानीयले बताए।

‘ढल निकासमा खटिएका कामदारले पैसा नपाएको भन्ने सुनिएको छ,’ ती स्थानीयले भने, ‘त्यसैले कामदारले फटाफट काम गर्न नमानेको हुन सक्छ। बुधबार साँझसम्म ढल निकासका लागि पाइप हालिएको छैन। काम गर्न लगाएपछि पैसा दिनु नि रु भवन भत्काएपछि त ढल निकास हुन्छ भनेर सोचेका थियौं तर समस्या सुल्झिएन।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सेफ स्कुल जोन, नेपाल – एउटा नयाँ अवधारणा
चार लाखमा गोल्ड मेडल खरिद–बिक्रि गर्ने ८० हजार धरौटीमा छुटे
त्रिविद्धारा स्नातक तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक तह प्रथम वर्षको परीक्षा सम्बन्धि विशेष सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा आवेदन फारम भर्न समय थपिएकोबारे अत्यन्तै जरुरी सुचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर