वार्तामा बस्ने निर्णयसँगै विप्लव सहितको कम्युनिष्ट शक्ति बन्ने देखेपछि कांग्रेस आत्तियो


काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आत्तिएको छ । पछिल्लो राजनीतिक समिकरण देखेर कांग्रेसमा झनै ठूलो छटपटी भएको एक बाम राजनीतिक विश्लेषकले बताएका छन् । लामो समय देखि सरकार विरोधी गतिविधि गर्दै आएको नेत्र विक्रम चन्द समूहले सरकारसँग वार्ता गर्ने औपचारिक निर्णय लिएपछि अरु शक्तिमा खपिनसक्नु भएको उनको दावी छ ।

केही समयदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह समेतको एकतामा विश्वकै बलियो कम्युनिष्ट शक्ति नेपालमा बन्ने दावी गरेका थिए । विप्लव समूह आए लगत्तै बाँकी रहेका सबै साना कम्युनिष्ट शक्ति समेत मिसिएर नेपालको नेकपा दुनियाँकै बलशाली राजनीतिक शक्ति बन्ने उनको दावी थियो ।

नभन्दै विप्लव समूह सरकारसँग वार्ता गरेर नेकपासँग एकिकरणका लागि छलफल अघि बढाउँने सुखद मुडमा राजनीतिक समिकरण देखिएको छ । यसका लागि सरकार लचिलो हुने र नेकपा पार्टी पंक्तिपनी एकताका लागि सहजिकरणमा लाग्ने भित्री छलफल चलिसकेको नेकपाका एक नेताले बताए । यही खालको भित्री छलफलपछि विप्लव समूहले लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको औपचारिक निर्णय लिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो ।

नागरिकलाई दुख हुने कार्य गर्न आफुहरु असमर्थ रहेकाले सरकारसँग वार्ता गरेर निकास खोज्ने उसको निश्कर्ष छ । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सल्लाह अनुसार वार्तामा बस्ने निर्णय गरेको नाम नखुलाउने सर्तमा एक नेताले जानकारी दिए । उनले भने, ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो पत्र पठाएन् । यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमान्दार भएर आउनुपर्छ ।

’ यसअघि चन्द समूहले पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नगर्ने बताउँदै आएको थियो । यस्तै, वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने उनीहरुको बुझाई रहेको छ । ठूलो संख्यामा नेता–कार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको हो । वार्तामा लागि सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्ने पनि उनले स्पष्ट पारेका छन् । उनले अहिले १ हजारभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन् ।

यस्तै ३ जनाको मुठभेडका नाममा सरकारले ह*त्या गरेको उनको आरोप छ । उनले भने, ‘मान्छे मार्ने हाम्रो नीति छैन, मान्छे मारेर अब क्रान्ति हुँदैन तर सरकार चन्द समूहलाई हतियाररहित बनाउन भनेर हिँडेको छ । त्यो सपना नदेखे हुन्छ ।’ उनले आफूहरू सकभर वार्ताबाटै समाधान खोज्न तयार रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर