हेटौँडा । मकवानपुरमा गुडिरहेको कार माथी पहिरो खसेर पुरिएको छ । अविरल बर्षासंगै गएको पहिरोमा एक कार पुरिएको प्रहरीले पुष्टी गरेको छ । शुक्रबार हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको फाखेल सडक खण्डमा पहिरोले कार पुरिएको हो । हेटौँडाबाट काठमाण्डौं जाँदै गरेको बा२च ९९२० नम्बरको कार पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ कलंकीमा पहिरोमा पुरिएको कार क्षतिग्रस्त भएको छ । पुरिएको केही समयपछि कारलाई नेपाली सेना र प्रहरीले पहिरोबाट निकालेका छन् । घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ । यस्तो बेला अति जरुरी नपरी यात्रा नगर्नु राम्रो । जिउ र बिउ जोगाउने बेला हो यो । सबैलाई सचेत गराउँन सेयर गरौँ ।

सम्बन्धित खबरहरु