काठमाडौ । लगतारको वर्षापछि अहिले नेपालभर लगातार वर्षा भइरहेको छ । तराइका धेरै जिल्ला काठमाडौं उपत्यका लगायतका क्षेत्रहरुमा बाढी देखिएको छ । कोशी आसपासमा स्थानीय बाध भत्किएला कि भन्ने पिडाले आक्रान्त भएका छन् ।

देशभरी जोखिम उच्च भएपछि नेपाल सरकार गृह मन्त्रालयले आपतकालिन सूचना जारी गरेको छ । सबै सचेत रहनपनि गृहले भनेको छ ।

साथै उद्धारमा खटिन क्षतिको विवरण बुझ्न स्थानीय युवाहरुलाई अपिल गरेको छ । गृहले यो तयारी अपनाउँन समेत भनेको छ । सबै नागरिकमा पुर्याउन सहयोग मागेको छ ।

मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।
सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।

एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ । शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।

बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस । राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस । बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनूस।

 

सम्बन्धित खबरहरु